रिना मृत्यु प्रकरण: प्रेमी प्रक्राउ, श्रीमान नेपाल फर्किए

१० बैशाख

केही दिन अगाडी आफनै डेरा अगाडी नग्न अवस्थामा मृत फेला परेकी रिना बस्नेतको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । प्रहरीले सुरुमा आत्महत्या गरेको हुन सक्ने भन्ने अनुमान गरेको थियो ।घटनापछि स्थानीयले प्रहरीलाई चर्काे दबाब दिएपछि रिनाको प्रेमी भनिने कमल नेपाललाई प्रहरीले पक्राउ गरेको छ । रिनाको छोराले आफनो ममीको साँठगाँठ कमलसंग रहेको र घटना भएको रात पनि कमल नै फोन आएपछि ममी आत्तिदै कोठामा आएको खुलासा गरेसंगै रिनाको मृत्यु प्रकरणमा कमल नेपाल प्रक्राउ परेका हुन् ।

रिनाको घर पट्टीकाले पनि उनको हत्या नै भएको दाबी गरेका छन् । यता बिदेशमा रहेका रिनाको श्रीमान नेपाल फर्किएका छन् । घटनापछि रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन् । पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचाका बासिन्दा हुन् । रिनाको हत्या भएको र दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै आज स्थानीयले पथरीमा प्रर्दशन समेत गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।