नाङ्गै मृत अवस्थामा भेटिएकि रिना बस्नेकाे मृत्यु प्रकरण मोडियो ब्वाईफ्रेण्ड तर्फ,को हुन् उनी ?

पथरी । मोरङको पथरीशनिश्चरे १ की रिना बस्नेतको हत्या वा आत्माहत्या भन्ने बिषयमा बिबिध अडकलबाजी भईरहँदा उनका ब्वाईफ्रेण्ड तर्फ अनुसन्धानको सुई सोझिएको छ शनिबार बिहान आफनै पसल अघि सडकमा मृत फेला परेकी बस्नेतको आफनै ब्वाईफेण्डबाट हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरी गोप्य स्रोतका अनुसार उनका ब्वाईफ्रेण्ड भनिएका सुन्दरहरैचाका एक युवालाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ । स्रोतका अनुसार ब्यबसायी रहेका ती ब्यत्ति पथरीबाट केहीसमय अघि सुन्दरहरैचा सरेका हुन ।

यो कुराको पुष्टि भएको छैन । उनका अनुसार उनको अबैध सम्बन्धको कारण हत्या भएको हुन सक्ने प्रहरी आशंका छ ।

शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट र छिमेकी साथीको छोराको जन्ददिनमा मादक पदार्थ सेवन गरेको र डेरामा आएर पनि छोरालाई कोक र आफुले वियर खाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर कमल बजगाईले बताएका छन ।

पोष्टमाटमको रिपोर्ट नआई यसै भन्न नसकिने उनले बताए । मृतकका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।