३ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्याएका १ सय ४३ जनालाई सोमबार विभिन्न बिधाका पदकले सम्मान गर्नुभएको थियो । गृह मन्त्रालयले ९ दिन अघि मात्रै पदक पाउनेकोहरुको नाम सार्बजनिक गरेको थियो । सोही आधारमा भण्डारीले सम्मान पदक बितरण गर्नु भएको हो ।
गृह मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको सुची अनुसार प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पाउने १० जनाको सुचिमा लोकोदोहोरी गायक पशुपति शर्माको नाम थियो र छ । तर,उनी सो समारोहमा पदक लिएको पाईएन । यदी कसैले राष्ट्र बाट सम्मान पाउदैछ भने सामान्य अबस्थामा राष्ट्रपति बाट पाईने पदक ग्रहण नगर्ने भन्ने कुरा धेरे परको कुरा हो ।
स्रोतका अनुसार पशुपतिको नाम सुचीमा भए पनि उनलाई सरकारी तवरबाट कुनै निम्तो नगएको बुझिएको छ । यस हिसाबले नाम सुचीमा परेर पनि उनलाई गृहमन्त्रालयले पदक नदिएकाले उनलाई निम्तो नगएको हुन सक्ने बताईएको छ ।
विभुषणसम्बन्धी मामला हेर्ने गृह मन्त्रालयका सहसचिव महादेव पन्थका अनुसार पशुपतिको नाम सुचीबाट नकाटिएको र पदक पाउनेहरुलाई गृह मन्त्रालयको वेवसाइट, टेलिभिजन, रेडियो र टेलिफोनमार्फत खबर गरिएको जानकारी दिए ।
तर,‘घुस खाँदा रंगेहात समातिएका एक कर्मचारीको पदक खोसिएको हो, त्यो बाहेक सबै १ सय ४३ जनाको नाम यथावत थियो,’ उनले भने । कलाकारीता बाट केदार घिमिरेले भने पदक ग्रहण गरेका थिए ।








