काठमाण्डौं।
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका छोरा युराल मिश्रले कलेज अन्तर्गतको चुनाव जितेका छन। अमेरिकाको एक कलेजमा उच्च शिक्षा अध्ययन गरिरहेका मिश्रले स्टुडेन्ट गभर्नमेन्ट काउन्सिलको अध्यक्ष पदका लागि चुनाव जितेका हुन।काउन्सिलको अध्यक्ष हुनका लागि प्रतिश्पर्धीहरूले अन्य क्षमता प्रदर्शन गर्नुको साथमा अमेरिकी राष्ट्रपतिय शैलीको सार्वजनिक बहसमा भाग लिएर कलेजका विद्यार्थीहरुलाई प्रभावित पार्नु पर्छ। चुनाव जितेसँगै मिश्रले एक बर्षको लागि काउन्सिलको नेतृत्व गर्नेछन।
काउन्सिलमा निर्वाचित भएसँगै मिश्रले विद्यार्थी र कलेजको हितमा काम गर्नुपर्ने छ । अमेरिकाका विभिन्न कलेजमा यस्ता निर्वाचन र विद्यार्थी यूनियन हुने भएतापनि यीनीहरु पूर्ण रुपले गैर राजनीतिक हुन्छन। ए लेभलको परिक्षामा उत्कृष्ट र एउटा विषयमा विश्वकै उत्कृष्ट नतिजा ल्याएपछि मिश्रले छात्रवृत्तिमा Bowdoin कलेजमा पढिरहेका छन।
छोराले काउन्सिलको चुनाव जितेपछि रवीन्द्र मिश्रले ‘मैले चुनाव हारेको थिएँ, छोराले जितेछ’ भन्दै फेसबुक स्टाटस लेखेका छन।
यस्तो छ मिश्रको फेसबुक स्टाटसः
बाबा, मैले चुनाव जितेँ
मैले चुनाव हारेँको थिएँ। मेरो छोराले जितेछ।
Forbes Magazine का अनुसार Bowdoin अमेरिकाको तेस्रो उत्कृष्ट Liberal Arts कलेज हो। A Levels को परिक्षामा उत्कृष्ट (एउटा विषयमा विश्वमैँ उत्कृष्ट) नतिजा लेराएपछि उसले Bowdoin College मा राम्रो छात्रवृत्ति पाएको थियो।
Bowdoin जस्ता कलेजहरूमा पनि लगभग हाम्रा विद्यार्थी युनियनजस्तै संस्थाहरू हुन्छन्। तर ती पूर्णत गैर-राजनीतिक हुन्छन् र तिनले वास्तवमैँ विद्यार्थी र कलेजको हितमा काम गर्नु पर्छ।
त्यसको अध्यक्ष हुनका लागि प्रतिश्पर्धीहरूले अन्य क्षमता प्रदर्शन गर्नुको साथमा अमेरिकी राष्ट्रपतिय शैलीको सार्वजनिक बहसमा भाग लिएर कलेजका विद्यार्थीहरुलाई प्रभावित पार्नु पर्छ।
छोराले सो चुनाव जितेछ। आज विहानै फोन गरेर उसले भन्यो, “बाबा, मैले चुनाव जितेँ।” उसले अब एक वर्षका लागि Bowdoin Student Government Council को नेतृत्व गर्नेछ।
मेरा छोराजस्ता दशौँ हजार क्षमतावान नेपाली विद्यार्थी विदेशमा छन्। यो देश हाम्रो पुस्ताले बनाउन सकेन भने तीमध्ये अधिकांश नेपाल फर्किँदैनन्। नेपालमा त्यस्तै दशौँ हजार क्षमतावान विद्यार्थी छन् र यो देश बनेन भने तीमध्ये अधिकांश नेपाल छोडेर जान्छन्।
दक्ष जनशक्तिलाई नेपालमा बस्ने वातावरण नै नबनाई देश कसरी बनाउने? मेरो छोराका उमेरका दशौँ लाखौँ युवाहरूलाई नेपाल फर्किने र नेपालमैं बस्ने वातावरण सृजना गर्न लागि परेको छु। नयाँ वर्षले सोही दृढतामा थप शक्ति प्रदान गरोस्!
छोरालाई धेरैधेरै बधाई र शुभकामना!