वर्ष २०७५ मा फिल्म क्षेत्र राम्राभन्दा नराम्रा कुराका कारण बढी चर्चामा रह्यो। मुख्य कुरा त ठूलो बजेट र ठूला स्टारका भनिएका फिल्मले नै हावा खाए। तर, यही समयमा ‘मेगास्टार’ देखि ‘सुपरस्टार’ भन्नेसम्मका पदवीमा पनि उनीहरूकै दाबी रह्यो। केही वर्षयता नेपाली फिल्म हिन्दीबाट हुबहु अनुवाद गर्ने क्रम रोकिएको थियो। तर, यो वर्ष ‘चोरी’को बिगबिगी रह्यो। हिन्दी फिल्मसँगै थाई, टर्किस, हलिउड धेरैतिरबाट फिल्म चोरिए। अनि, यो चोरीमा नयाँ होइन, पुराना र आश गरेका कलाकार नै संलग्न देखिए।केकी अधिकारी चोरीमा
केकी अधिकारी ‘कोहलपुर एक्सप्रेस’ फिल्मबाट निर्माणमा उत्रिइन्। तर, निर्माताको रूपमा उनको बोहनी विवादास्पद रह्यो। उनले बनाएको फिल्म तमिल तथा भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’को नक्कल ठहरियो। केकी आफैँ त यो विषयमा धेरै बोलिनन्, तर फिल्मका निर्देशक विशाल भण्डारी चोरीको समाचार लेख्ने पत्रकारसँग खूब भिडे।
तर, रमाइलो के भने ‘मुम्बई एक्सप्रेस’ केकीले मात्र उतारिनन््, यही फिल्मबाट प्रभावित भएर ‘झमकबहादुर’ पनि बन्यो। एउटै फिल्मबाट एकै साल दुइटा फिल्म बन्नु गिनिज बुकमा लेखिनलायक रेकर्ड थियो। धन्न, कसैको ध्यान यतातिर गएन।‘पण्डितबाजे’लाई मुद्दा
फिल्मको विषयलाई लिएर अदालतमा मुद्दा हाल्ने घटना सायद यसअघि फिल्म उद्योगमा कहिल्यै भएको थिएन। तर, यस वर्ष रिलिज भएको ‘पण्डितबाजेको लौरी’ले त्यो इतिहास लेखायो। त्यसो त फिल्म रोकिमाग्न वा रोकिएका फिल्म फुकाइमाग्न फिल्मकर्मी अदालत नगएका होइनन्, तर फिल्मले आफ्नो समुदायलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै मानहानिको मुद्दा खेप्ने यो पहिलो फिल्म बन्यो।
वादी समुदायले फिल्मले आफूहरूको गलत चित्रण गरेको भन्दै मुद्दा हालेपछि हलमा खासै नचलेको फिल्म समाचारमा भने खूब छायो। तर, मुद्दाको फैसला भने अझै भएको छैन।
‘रोज’ भर्सेस ‘रामकहानी’
फिल्म रिलिजको समयमा फिल्मकर्मीको कोकोहोलो सदाबहार विषय हो। ‘रामकहानी’को डेटमा ‘रोज’ फिल्म पनि आइपुगेपछि ‘रामकहानी’की हिरोइन तथा निर्माता पूजा शर्माले आफ्नै पूर्वसहकर्मी प्रदीप खड्कादेखि तत्कालीन विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई पनि सत्तोसराप गरेर फेसबुक स्ट्याटस लेखिन्।
तर, पूजाको आक्रोश लामो समय रहेन। फिल्म रिलिज नहुँदै उनले आफूले आवेशमा स्ट्याटस लेखेको मात्र स्विकारिनन्, निकितासँगै गाला जोडेर सेल्फी पनि खिचिन्। तर, दुवै फिल्मलाई दर्शकले रुचाएनन्। तर, फिल्म ‘रोज’ रोजी महर्जनको परिवारका कारण पनि विवादमा प¥यो। आफ्नै प्रेमीद्वारा हत्या गरिएकी रोजीको जीवनकथामा फिल्म बनाएको चर्चा चलेपछि उनको परिवारले फिल्म रोक्न भरमग्दुर प्रयास ग¥यो। तर, पटकथामा व्यापक परिवर्तन गरेपछि रोजीको परिवार फिल्म रिलिज गर्न सहमत भएको थियो।पोर्न हबमा प्रियंका
फिल्मकै कुरालाई लिएर सबैभन्दा धेरै बखेडा चाहिँ ‘कथा काठमाडौँ’ले खेप्यो। यो फिल्मको पहिलो गीत के सार्वजनिक भएको थियो, सामाजिक सञ्जालमा हंगामा मच्चियो। गीतमा प्रियंका कार्कीले प्रमोद अग्रहरिसँग यति अन्तरंग दृश्य दिएकी थिइन् कि नेपाली फिल्ममा पहिले कहिल्यै त्यस्तो देखिएको थिएन।
‘कथा काठमाडौँ’लाई छाडा फिल्मको विम्बमा बनेको ‘एटीएम’को पनि हद पार गरेको आरोप लाग्यो। यही गीतको त्यही अन्तरंग दृश्य पोर्नहबमा राखिएपछि फिल्मले थप चर्चा पायोे। तर, फिल्मको दशा यहीँ सकिएन। फिल्म रिलिज हुने बेलामा चलचित्र विकास बोर्डले ट्रेलर हटाउनू भन्दै फिल्मलाई पत्राचार ग¥यो। निर्देशक संगीता श्रेष्ठले ट्रेलर वयस्क श्रेणीअन्तर्गत युट्बयुमा अपलोड भएको भन्दै प्रतिवाद गरिन्। तर, विवादले जति फाइदा होला भन्ने सोचिएको थियो, त्यति भएन। रिलिजको समयमा दर्शकले फिल्ममा खास चासो देखाएनन्।
‘ब्रेकअप’ भर्सेस ‘क्याप्टेन’
फिल्म भिडन्तकै कुरा गर्दा यो पालि ‘ब्रेकअप’ र ‘क्याप्टेन’को भिडन्तले पनि मिडियामा खूब स्थान पायो। पुस २७ मा रिलिज हुन लागेको फिल्म ‘ब्रेकअप’ अचानक अन्तिम समयमा स¥यो। फागुन १७ मा ‘जात्रैजात्रा’ र ‘क्याप्टेन’ रिलिज हुनेवाला थिए। तर, अभिनेता विपिन कार्की दुर्घटनामा परेर सुटिङ नहुने भएपछि ‘जात्रैजात्रा’ फागुन १७ बाट पछि सर्न बाध्य भयो। ‘ब्रेकअप’ले यही मितिमा फिल्म रिलिज गर्ने घोषणा ग¥यो।
पहिलो त अनमोल केसीको फिल्मसँग जुध्न आउने कुरा अनि त्यो पनि अनमोलकै पहिलो फिल्मका निर्देशक हेमराज बिसीको फिल्म। तर, हेमराजले यो मितिमा आएबापत वितरक मनोज राठीको समूहलाई हर्जाना पनि तिर्नुप¥यो। हेमराजले मनोजलाई वितरणको जिम्मा दिएबापत लिएको पैसा ब्याजसहित फिर्ता गरेका थिए।
‘रणवीर’ निर्देशकलाई निर्माताको आरोप
फिल्म हिट हुँदा आफूले र फ्लप हुँदा निर्देशकले भन्ने निर्माताको पुरानो बानी हो। निर्माता–निर्देशक भित्र–भित्र एकअर्काको जति उछित्तो काढे पनि मिडियामै गाली गलौजमा उत्रन्नथे। तर, ‘रणवीर’का निर्माता गोमा विष्ट र दीपेन्द्र रेग्मीले निर्देशक गोविन्द भण्डारीको खोइरो खने। उनीहरूले निर्देशक भण्डारीले एक करोड रुपैयाँमा फिल्म सकाइदिन्छु भनेर दुईतीन करोड रुपैयाँ खर्च गराइदिएको आरोप लगाए। भण्डारीको भने केही प्रतिक्रिया सुनिएन।
अनमोल–झरना कलह
फिल्म उद्योगमा झगडा गर्न र मिल्न समय लाग्दैन। अनमोल केसी र झरना थापाको सम्बन्ध पनि यस्तै रह्यो। पहिला झगडा गरे, पछि मज्जाले मिले।
वर्षको सुरुतिर अनमोललाई ५० लाख रुपैयाँ तिर्न ‘निर्माताको लस्कर’ आशयको समाचार आयो। सो समाचारमा झरना थापाको पनि नाम थियो। तर, उनले समाचारमा आपत्ति जनाइन्। फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले आफूसँग अनमोललाई ५० लाख रुपैयाँ तिरेर लिने पैसा र हैसियत दुवै नभएको, अनमोललाई अफर पनि नगरेको स्पष्ट पारिन्। दुवै पक्ष समाचारमा भिड्यो।
पछि अनमोल आफैँले झरनाबाट आफूलाई अफर आएको बताएपछि स्थिति सामसुम भयो। त्यसको तीन महिनापछि पहिले दाबी गरेकै छेउछाउको रकम तिरेर झरनाले अनमोललाई नयाँ फिल्ममा लिइन्। जेहोस् पहिला तीतो, अन्त्यमा मीठो भयो।साम्राज्ञी–रेनशा झगडा
तर, साम्राज्ञीराज्यलक्ष्मी शाह र रेनशा बान्तवा राईको भने ठीक उल्टो भयो। पहिला मीठो अनि पछि तीतो। ‘इन्टु मिन्टु लन्डनमा’ फिल्म सुरु गर्दा साम्राज्ञी र रेनशाको मित्रता खपिनसक्नु थियो। तर, फिल्म रिलिजको समयमा रेनशाले आफ्नो साटो धीरजलाई बढी च्याप्न थालेपछि साम्राज्ञी रुष्ट भइन्।
फिल्मको प्रिमियरमा आइपुग्दासम्म त दुवैको बोलचालै बन्द भइसकेको थियो। त्यसो त साम्राज्ञीको व्यक्तिगत जीवन पनि यो साल सुखद रहेन। यही वर्ष उनका प्रेमी मयंक खड्कासँग ब्रेकअप भयो। तर, केही महिनापछि नै उनले देवांश राणालाई नयाँ प्रेमीका रूपमा रोजेको चर्चा चल्यो। केही कार्यक्रममा सँगै देखिएपछि त दुवैको प्रेममा दुनियाँको मोहर लागिहाल्यो।
आँचलको बोली
हिरोइनमध्ये आँचल शर्मा यो साल सर्वाधिक विवादमा परिन्। आफैँले बोलेको कुरा आफैँले काट्ने बानीले उनको पत्रकारसँग त प¥यो नै, फिल्मकर्मीका बीचमा पनि उनको छवि दुरुस्त रहेन। उनले ‘ब्ल्याक’ फिल्मको कार्यक्रममा ‘शत्रुगते’जस्तो भीडभाडमा फिल्म नखेल्ने बताइन्। तर, त्यसो भनेको केही समयपछि नै स्वस्तिमा खड्काले ‘दालभात तरकारी’ छाडेपछि त्यही भीडभाडमा फिल्म खेल्न पुगिन्।तर, यही फिल्मको गीत सार्वजनिक कार्यक्रममा पत्रकारसँग उनको फेरि लफडा प¥यो। उनले म्युजिक भिडियोको सुटिङमा गएका पत्रकारसँग बोल्न नमानेपछि पत्रकारले यही फिल्मको कार्यक्रममा उनलाई ¥याख¥याख्ती पारे। पछि यो भिडियो यति चर्चित भयो कि उनका प्रेमी पल शाहदेखि स्वस्तिमा खड्कासम्मले पनि आँचलको सपोर्ट गरे। पलले फेसबुकमा स्ट्याटस लेखेर नै आँचलको समर्थन गरे भने स्वस्तिमाले अन्तर्वार्तामा आँचलको पक्ष लिइन् ।
साभार स्राेत : राष्ट्रिय पत्रिका