काठमाण्डौ ।
केहि समय अगाडी बेवारिसे अवास्था मा फेला परेका बेलायेती नागरिक फिलिपको मृत्यु पछि हिन्दु परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको छ । केहि समय अगाडी बिर अस्पतालमा बेवारिसे अवास्थामा भेटिएका बेलायेती नागरिक फिलिप माल्कोमको मृत्यु पछि नक्कली प्रेमीका बनेकी नेपाली युबतीले उनको सबै पैसा खाएको आरोप लागेको छ । बेलायेती नागरिक लाइ बचाउन को लागि कृस्टिना श्रेष्ठले सहोयो गरेकी थिऐन् । कृस्टिना र उनका केहि साथीहरुको सहयोग मा बिर अस्पताल बाट उद्दार गरि नर्भिक अस्पताल मा भर्ना गरिएको थियो तर उनलाई उपचार गरिएको थियो ।
उपचार नपाएर अस्पतालमा बेवारिसे भएका फिलिपकाे फेसबुकमा कुनै एक मिडियाले उनको अवस्थाबारेमा पोष्ट भएपछी उनी रातारात भाइलर भएका थिए । उनको उपचारको लागि धेरै नेपालीले सहयोग गरेका थिए । बिगत केही दिन अगाडी अस्पतालको शैयामा मृत्युुसँग लडिरहेका फिलिप अन्त्यमा मृत्यु सँग हारमानी यो संसारबाट बिदा लिए ।
उनको पशुपती आर्यघाटमा हिन्दू धर्म अनुसार उनको दाहसंस्कार गरिएको छ । उनको दाहसंस्कार क्रिष्टिना श्रेष्ठ, बिनय जंग बस्नेतका साथै अन्य व्यक्तिहरुको उपस्थितिमा गरिएको थियो । फिलिपलाई बिनयले दाग बत्ती दिएका थिए ।