आयो तेरो सर,बाटो खाली गर,आयो तेरो मिस,चुप लाग साला ठिस (आधुनिक दोहोरी)

काठमाण्डौ ।

लोक दोहोरीमा चर्चित नाम हो, प्रिति आले । पछिल्लो समय उनको माग बिभिन्न मेला महोत्सवमा हुने गरेको छ । प्रिति फेरि पनि ¥याप ब्याटलले गर्दा चर्चामा छिन् । झन्डै बीस मिनेट लामो भिडियोमा गायक–गायिकालाई आधुनिक गेटअपमा देखिन्छ । आफूहरूको ब्याटल विशुद्ध लोक–दोहोरी नभई दोहोरीबाट प्रभावित भएको भन्दै उनीहरूले खण्डन लेखेका छन् । भिडियोमा साढे एक लाख भ्युज र झन्डै आठ सय कमेन्ट आएका छन् ।‘लास्टको दृश्य नराम्रो भयो,’ सञ्जीव मोक्तान, सुशीला थापालगायत युट्युबरले लेखेका छन्, ‘त्यसो गर्नु हुँदैनथ्यो ।’ कतिपयले यसलाई मोडर्न दोहोरी भनेका छन् भने केहीले यस्तो पाराले लोक–दोहोरीको बेइज्जत नगर्न सुझाव दिएका छन् । ‘गीतमा नयाँपन छ,’ अजय सुदीपको प्रतिक्रिया, ‘तर, भिडियो भएन ।’ यसमा चुरोट, बियरको बोतल देखाएर समाजप्रति असंवेदनशील भएको भन्दै कुमाल शंकरले गुनासो व्यक्त गरेका छन् ।

अचेल फिल्मतिर लोक शैलीका गीत राख्ने चलन छ । तिनमा हिरो–हिरोइन छमछम नाचेको देखिन्छ । लोक भाका प्रचलनमा रहे पनि स्वयं लोकदोहोरी क्षेत्रबाट ‘तगडा’ गीत आइरहेको थिएन । चार वर्षअघि पशुपति शर्माको ‘मलाई अमेरिका यै…’ र अन्य केही गीतपश्चात् यो क्षेत्र आमश्रोतामाझ सुनसानझैं रह्यो । युवा पुस्ताले गुनगुनाउने भाका सुन्नमा आएन ।

यस्तोमा गायक प्रकाश सपुत र प्रीति आलेको दोहोरी ब्याटल पछिल्लो समय सर्वसाधारणमाझ छायो । तीन महिनाअघि सार्वजनिक भएको गीत अझै पनि चल्तीमा छ । सांस्कृतिक पोसाकमा सजिएका महिला–पुरुष आमनेसामने बसेर गाइने दोहोरीको प्रचलित शैली छोडेर उनीहरूले आधुनिक लुक्समा र त्यो पनि र्‍याप शैलीमा दोहोरी प्रस्तुत गरे । यसको ‘सररर, लालाला…’ लय दोहोरी क्षेत्रमा मात्र नभएर अन्य श्रोतामाझ चर्चित बन्यो । उनै प्रकाशको नयाँ गीत ‘बोल माया…’ यो साता युटयुब नेपाल ट्ेरन्डिङको अग्रस्थानमा तल–माथि गरिरहेको छ । झन्डै बीस मिनेट लामो म्युजिक भिडियो हेरेपछि प्रकाशको तारिफ नगर्ने कमै होलान् । दुई हप्ताअघि गीत रिलिज क्रममा श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा जाने युवाका परिवारले भोगेको यथार्थ गीतमा भएको बताएका थिए । ‘वैदेशिक रोजगारलाई भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन सरकारले कदम चालेको छ,’ उनले भनेका थिए, ‘यो क्षेत्रका बेथिति अब लामो समय टिक्दैनन् ।’

प्रकाशको शब्द–संगीत रहेको गीतमा नारायण रायमाझी र शान्तिश्री परियारको स्वर छ । प्रकाश आफैंले पनि गाएका छन् भने भिडियो निर्देशन उनैले गरेका हुन् । ‘यो मेरा लागि गीत मात्र होइन,’ प्रकाश भन्छन्, ‘मैले देखे–भोगेको कथा उतारेको हुँ । त्यो कथा अभिव्यक्तिको माध्यम मात्र हो गीत ।’ वैदेशिक रोजगारीकै थिममा यसअघि हेमन्त रानाको ‘सुन साइँली…’ पपुलर बनेको थियो । अन्य थुप्रै गीतमा यो विषय उठाइएको छ ।

एक दशकयता लोकदोहोरी क्षेत्रमा सक्रिय प्रकाश कुनै बेला निराश थिए । यो विधाले आफूलाई माथि उठाउला, सेलेब्रिटी बनाउला, मिडियामा ठाउँ देला भन्ने लाग्दैनथ्यो । ‘एक किसिमको हीनताबोध हुन्थ्यो,’ उनले भने, ‘अरूलाई देख्दा डाह हुन्थ्यो । तर, त्यो हीनभाव अहिले हटेको छ ।’ कन्टेन्ट बलियो भयो भने जुनसुकै विधा होस्, मान्छेले सराहना गर्छन् भन्ने आभास भएको बताए । दुई सयजति म्युजिक भिडियोमा अभिनय गरेका र दुई दर्जन गीत गाएका उनलाई दोहोरी ब्याटलपछि खास पहिचान मिलेको महसुस हुन्छ ।

दोहोरी ब्याटल गर्दा प्रकाशले अनेक उल्झन पनि खेप्नुपर्‍यो । उनी आफैंले निर्देशन गरेको भिडियोका केही दृश्यप्रति आपत्ति जनाइयो । युटयुबमा लोभलाग्दो भ्युज पाइसकेको भिडियो गायकले सर्लक्कै हटाइदिए । ‘लोक गीतलाई नेपाली समाजको मौलिकतासँग जोडेर हेरिन्छ । त्यसैले यो विधा संवेदनशील छ । मेरो भिडियोले मौलिकता बिगार्‍यो भनियो, मैले हटाइदिएँ ।’ आपत्ति जनाइएको अंश काटेर उनले पुनस् युटयुबमा राखेको भिडियोमा पनि अहिलेसम्म २६ लाख भ्युज पुगिसकेको छ ।

दोहोरी ब्याटलबाट आफूले लोक क्षेत्रमा नयाँ अडियन्स भित्र्याउन सकेको प्रकाश बताउँछन् । युवा पुस्तामाझ गीत लोकप्रिय बनेपछि तिनै दर्शकलाई उनले ‘बोल माया…’ पस्किए । यो ब्याटलभन्दा बिलकुल अलग र गम्भीर छ । आफू नयाँ पुस्तासँग जोडिन चाहेको बाग्लुङेली गायकले अवगत गराए । ‘लोकदोहोरी गीतहरू गाउँघरतिर र अलि पाको उमेरकाले मात्रै सुनेर हुँदैन,’ उनी भन्छन्, ‘म जस्टिन बिबर र सेलेना गोमेजसँग प्रतिस्पर्धा गर्न खोज्दै छु । तिनका गीत सुन्नेले हाम्रा गीत सुन्नुपर्छ । अन्यथा, लोकदोहोरी क्षेत्र पछाडि छुट्छ ।’

लोक सुगन्धसहितका झर्रा भाकालाई नयाँ पुस्तामाझ अभ्यस्त गराउन चाहिरहेका उनले गएको दसैंताका ‘चरर बरर…’ गीत सार्वजनिक गरेका थिए । ठेट गन्धर्व शैलीको गीतको भिडियो भने रक गीतको जस्तो थियो । त्यसमा पनि उनलाई लोकदोहोरी सुहाउँदो ‘मेकिङ’ भएन, मौलिकता देखिएन भन्ने खालका प्रतिक्रिया आए । यस्ता कुरा सुन्दा उनी आश्चर्यमा पर्न थालेका छन् ।

‘हाम्रा म्युजिक भिडियोमा खरको छानो देखाउने चलन छ,’ उनी भन्छन्, ‘खरको छानो मौलिकता हो कि गरिबी ? गाग्री बोकर पँधेरो जानु मौलिकता हो कि बाध्यता ? जाडोमा कछाड लगाएर हिँड्नु मौलिकता हो कि परिस्थिति ? राउटेहरू जंगलमा बस्नु तिनको मौलिकता हो कि नियति ?’ उनी ‘मौलिकता’ को खास अर्थ खोज्न थालेका छन् ।

युटयुब च्यानल भेरिफाइड भएका, सामाजिक सञ्जालमा एक्टिभ निकै कम लोक गायकमध्येका एक हुन्, प्रकाश । उनी वर्तमान प्रविधिबारे अनभिज्ञ भएर बस्न मन पराउँदैनन् । त्यसमाथि अहिले उनलाई सामाजिक सञ्जालबाटै गीतका लागि नयाँ–नयाँ विषय उपलब्ध हुन थालेका छन् । यस्तोमा उनी थप एक्टिभ हुनु स्वाभाविक हो । ‘पहिला कुन कन्सेप्टमा गाऊँ भन्ने हुन्थ्यो,’ उनले भने, ‘अचेल यस्तो–यस्तो विषयमा गाऊ भनेर सुझाव आउँछ । ममाथि श्रोताको विश्वास बढेको छ ।’

२०६२ मा गण्डकी लोकदोहोरी तारामा उत्कृष्ट चारभित्र परेका उनले २०६७ को अञ्चलस्तरीय राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा बेस्ट दोहोरी गायकको उपाधि जितेका थिए । त्यो बेला उनी बागलुङमै थिए । दुई वर्षपछि काठमाडौं आएर ठमेलको दोहोरी साँझमा काम गरे । स्टेज सो, म्युजिक भिडियो र गायनलाई एकसाथ अघि बढाए । ‘मुसुमुसु नहाँस…’, ‘बत्ती बाल्नै पर्दैन…’, ‘यस्तै छ कहानी…’ जस्ता उनका गीत दोहोरी सर्कलमा राम्रो चलेका थिए । अब भने प्रकाश लोक संसारमा मात्र चम्किएका छैनन् ।

गायक प्रकाश सपूतको गीत दोहोरी ब्याटल–२ युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको २४ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङ्गमा एक नम्बरमा आइपुगेको हो ।

प्रकाशले दोहोरी ब्याटलबाट सफलता पाएपछि शनिबार दोहोरी ब्याटल–२ सार्वजनिक गरेका थिए ।

शब्द तथा संगीत पनि आफ्नै रहेको गीतमा स्वर प्रकाश स्वयम्को छ । फिमेल भोकलमा उनलाई प्रिती आलेले साथ दिएकी छन् ।

एरेन्ज तथा ब्याक ग्राउन्ड स्कोर श्यामस्वेत रसालीले गरेका छन् ।

अहिलेको युवा पुस्तालाई लक्षित गरेर ब्याटल तयार पारिएको छ । सानासाना कुरामा हुने घरायसी झगडामा सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्ने पछिल्लो पुस्तालाई ब्याटलले ब्यंग्य गरेको छ ।

चर्चित लोक गायिका प्रिति आले प्रस्टवक्ता हुन् । आँफुलाई लागेको कुरा स्पष्ट रुपमा भन्न र बोल्न सक्ने गायिकाकोा छवी बनाएकी यि सुन्दरी ताथ आँटीलि गायिका आलेलेले एक अन्तरवार्तामा बिहे अघिको यौनसम्बन्धका विषयमा खुलेर आफ्नो धारण राखेकी छिन् ।

गायिका आलेले अन्तरवार्तामा सोधिएको बिहेअघिको सेक्सको अनुभव कस्तो रह्यो भन्ने विाष्माय आँफुले बक्काइदा सबै कुरा गरेको निर्धक्क बताइन् । कुराकानमिा निकै खुलेर प्रस्तुत भएकी गायिकाले यौनसम्बन्ध र विवाह अन्तरसम्बन्धित नभएको बताइन । यदि कोही मान्छे ४० वर्षसम्म विवाह नगरी बस्यो भने उसले सेक्स नगर्ने हो र भन्दै आलेले प्रश्न गरिन् ।

बेली डान्स र गायनमा उति ने जमेकी गायिका हुन प्रिति आले । प्रितिको स्वर र डान्स दुवैलाई दर्शकले अत्याधिक रुचाउदै आएका छन । कतिपयले प्रिति र ज्योतिलाई तुलना पनि गर्ने गर्दछन । तर उनले भने ज्योति मगर कपडा नलाउने मगर्नी गायिका,म कपडा लाउने मगर्नी गायिका हो भन्ने गर्छिन् ।

भिडियो हेर्नुहोस् आधुनिक दोहोरीः

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।