हिरोईन आमा छोरीको यस्तो प्रेम,छोरीको जिम्मा अनमोललाई

काठमाण्डौ ।

झरना र छोरी सुहना थापा पहिलोचोटी एकैपटक मिडियामा ,छोरीकै बर्थडे बिर्सिँदा झरनालाई पर्यो फसाद । अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापा पहिलो पटक एकै पटक मिडिया मा देखिएका छन् ! झरना थापा ले आफ्नी छोरी लाइ ए मेरो हजुर ३ फिल्म देखि डेब्यु गराएकी छिन ।सुहानाले आफ्नो पहिलो फिल्म मा नै स्टार अभिनेता अनमोल के सी संग जोडी बाधेर भाग्यमानी प्रमाणित पनि गरिन् । बाउआमाको पैसाले भए पनि हिरोईन बन्दै गरेकी सुहानाको जिम्मा भने अनमोललाई दिएका छन् । छोरीलाई सफल बनाउने या बिफल बन्ने कुरामा अनमोलको ठुलै भुमिका रहने देखिन्छ । अहिले सम्म फिल्मले खासै अचम्मै गर्ने खाले केहि लक्षण भने देखाउन सकेको छैन ।

हालै गरिएको आमा छोरीको पहिलो अन्तर्वार्तामा झरनाले छोरीसँग आफ्ना रोमाञ्चल पलहरु सेयर गरिन् । पारिवारिक पाटोदेखि विवाहसम्मको प्रसङ्गमा झरनाले छोरीलाई हिरोसँग बिहे नगरिदिने खुलाएकी छिन् । झरनाले छोरीको सुन्दरता र क्षमता देख्दा कहिलेकाहिँ आफैलाई डाहा लाग्ने गरेको पनि बताएकी छिन् ।यहाँ हेर्नुहोस् झरना र सुहानाबीचको रमाइलो अन्तर्वार्ताः

नायिका झरना थापाले पहिलोपल्ट छोरी लाइ काखमा राख्न पाउँदा आफूलाई संसारकै भाग्यमानी ठानिन् । यो त स्वाभिक नै हो । आफ्नो सन्तानलाई ९ महिना कोखमा राखी यो संसार देखाउँदा कुन आमाले भाग्यमानी ठान्दैन होला र? असाध्यै सानी थिइन अभिनेत्री सुहाना थापा । बल्ल तल्ल समात्न मिले आफ्नो प्राण भन्दा प्यारी छोरी जस्लाय डराइ डराइ हातमा लिँदा छुट्टै आनन्द र खुसीको अनुभव ताजै छ झरनाको मनमा । मनका कुना कुना बाट माया पलाएको अनुभव निकै नै सुन्दर र मिठो थियो । जीवनमा पहिल्लो पल्ट मातृत्व महसुस गराउने ती शिशुलाई उनले आखाँभरी सजाइन, निकै सुन्दर फुलको कलिलो कोपिला जस्तै गरी । त्यही कोपिला फक्रिएको सुन्दर फुल भएको छ।

जन्मदा हातभरी नभएर कपडामा बेरेर समात्नु परेको थियो अहिले आफू जत्रै भएकी छन्। ख्वाईदिनु पर्ने, कपडा लगाइदिनुपर्ने छोरी कामको जिम्मेवारी बाँड्ने लायक भइसकेकी छन्। काँखमा छुनमुन गर्ने छोरी सुहाना थापा अब हिरोइन् भएकी छन्। चैत २९ गते देशभर चलचित्र ‘ए मेरो हजूर –३’ प्रदर्शनमा आउँदैछ। झरना थापाको दोस्रो निर्देशनमा बनेको चलचित्रका नायक अनमोल केसी छन् भने नायिका चाँही छोरी सुहाना थापा। चलचित्र प्रमोशनको समय आएको छ, प्राविधिक कामहरु पनि सम्हाल्नु छ। सुहाना र झरना काम बाडिचुडि गर्दैछन्। बल्ल पोस्ट प्रडक्सनको काम सकियो अब झरनाले छोरीलाई प्रमोशनमा साथ दिन समय मिलेको छ। छोरीलाई यो क्षेत्रमा ल्याउनु तयारी थिएन। त्यसैले छोरीको हरेक क्रियाकलापमा उनको मन ढुक्क फुल्छ।

आमाको मन न हो, छोरा छोरीलाई सानै देख्ने झरनाको मन छोरीको कच्चापनले समस्या ल्याउला भन्ने डरले बेलाबेला झस्क्याउछ। आफू अर्कै काममा भएपनि मन छोरीसँगै पुगेको हुन्छ। सिकाउन त उनले ‘इमानदार भएर जवाफ दिनु भनेर सिकाएकी छन्। अन्तर्वार्ता गर्नु अगाडि उनी छोरीको कपाल मिलाउँदै थिइन्। यसरी बस्दा राम्रो देखिन्छ भनेर सिकाउँदै थिइन्। छोरी क्यामरामा कस्ती देखिएकी छन् भनेर उनले चेक पनि गरिन्। चलचित्र छायांकन गर्दा सम्म त साथमा हुन्थिन। गलत गरे सच्याउन पनि मिल्थ्यो। तर प्रमोशनको क्रममा अन्तर्वार्ता दिँदा छोरीले के बोल्छिन् झरनालाई उत्सुकता भइरह्यो।
छोरीले हामीलाई अचम्ममा पारिन्, उसको बाबा र म अनमोलसँगको उत्सुकता हेर्दै थियौँ। बोलीमा परिपक्कता देखियो।’ छोरीलाई हेर्दै उनले भनिन्, ‘पत्तै नपाई छोरी ठूलि भइछिन्।

सुहाना थापा अभिनेत्रीको छोरी भएपनि अभिनयसँग नजिक थिइनन्। झरना भन्छिन्, ‘आजसम्म प्रोफेसनल फोटोग्राफरसँग फोटो खिचाएको छैन। जति फोटो छन्, मोबाइलबाटै खिचिएका हुन्। ए मेरो हजूर –३ मा पनि उनले अभिनय गर्दैछ भन्ने बारेमा उसले पछि मात्रै थाहा पाएकी हुन्।’ एक वर्ष अगाडि भएको ‘ए मेरो हजूर –२’ को प्रिमियरमा सुहानाले आफू अभिनयमा भन्दा पनि निर्माण, निर्देशनमा आउने बताएकी थिइन्। एक वर्षपछि नै उनको ‘मुड चेञ्ज’ भयो। कसरी त ? ‘मखुमा कहिलेकाँही भगवानको बास हुन्छ, मैले चलचित्र क्षेत्रमा आए भने पनि २ वर्षपछि मात्रै भनेको थिए। त्यस्तै नै भयो।’ सुहाना भन्छिन्, ‘मलाई आफन्त, साथीभाई सबैले चलचित्र खेल्नुपर्छ भन्दा हो की जस्तो लाग्न थालेको थियो।’

सुहाना जब वर्कसपमा सहभागी भइन् तब लाग्यो ‘म यसैको लागि बनेको हो। उनले बाबाआमालाई धन्यवाद दिइन्, आफूलाई भाग्यमानी ठानिन्। झरनाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजूर –२’ सफल भयो। अभिनयले मात्र हैन निर्देशकको भूमिकामा पनि दर्शकको मनमा ठाउँ बनाइन्। त्यसपछि ‘ए मेरो हजूर –३’ बन्ने घोषणा भयो, नायक भए अनमोल, नायिका सुहाना। तर सुहानाले चलचित्रको नायिका हुन लागेको खबर अलि फरक तरिकाले पाइन्।

‘म बिहान चिया खाने तरखरमा थिए, हरेक बिहान मामुले मलाई फोन गर्नुहुन्थ्यो। त्यो दिन आवाज अलि फरक थियो। ‘‘ए मेरो हजूर –३’ मा अनमोल छानिएका छन्। तिमी नायिका भएर काम गर्नुपर्छ। यति भनेर फोन राख्नुभयो। म ट्वा परे’ अमेरिकामा भएकी सुहाना आमाको कुराले स्तब्ध थियन्। हातको कफी सेलायो। एकैछिनमा अर्को कोठाबाट साथि चिच्याउँदै आइपुगिन्, ‘त हिरोइन् बन्दै रैछस् है ?’ सुहानाले उत्तर दिएकी थिइन्, ‘खै’ त्यसपछि सुहानाले अभिनयको बारेमा खोजी गर्न थालिन्, ‘अनमोल जस्तो स्थापित कलाकारसँग काम गर्न लाग्दैछु। सकेसम्म राम्रो गर्नुपर्छ। जे सकिन्छ त्यो सिक्न थाले।’

झरना आफैले छोरीलाई यसरी ल्याउछु भनेर सोचेकी नै थिइनन्। चलचित्रमा अनमोल फाइनल भएपछि भुवन केसी लगायत अरु अग्रजहरुले सुहालाई डेब्यु गराउन उपयुक्त हुन्छ भने। एक साता अगाडि नै सुहाना फाइनल भइन्। आमा झरनाले छोरीलाई फिल्मी शैलिमा थाहा पाओस् भन्ने सोचेकी थिइन्, ‘समाचार हेरेर थाहा पाओस् भनेर हामीले उसलाई भेनका थिएनौ।’

छोरी नायिका हुँदै गर्दा ‘आमा’ झरना
‘धेरै गर्व महसुस हुँदो रहेछ। जुन क्षेत्रमा म थिए, त्यहा मेरो छोरी आउँदैछे। आओस् भन्ने चाहना थियो, बिचमा उनले चासो देखाएकी थिइनन्। पछि राजी भइन्। गीत, टिजर र ट्रेलर हेर्दा दर्शकले मन पराउनु भएको छ। उसको काम हेर्दा राम्रो देख्छु। खुशी छु।’ ‘आजसम्म छोरीले मैले भनेको मानेकी छन्, ‘नाई’ भन्दैन भन्ने मलाई थाहा थियो। बाबा आमाको कुरा मान्नुपर्छ भन्ने सँस्कार उसमा छ। मायालु छिन्, परिस्थिति अनुसार व्यवहार गर्न जानेकी छन्।’

निर्देशक झरना
‘कामको समयमा म आमा बन्दै बनिन। मलाई थाहा थियो उसलाई गारो भईरहेको छ। जाडो भईरहेको छ, भोक लागेको छ, तर माया देखाइन। डर थियो मेरो मायाले उसले काम राम्रो नगर्ला, बेस्ट नदेला। म कडा भएर प्रस्तुत भए। मलाई विश्वास थियो मेरो यो व्यवहारलाई उसलाई जिम्मेवारीता बोध हुन्छ, कति खट्नु पर्दो रहेछ, मेहनत गर्नुपर्छ थाहा हुन्छ।’ सुहानाले थपिन्, ‘प्याकअप पछि पनि कमेन्ट सुरु हुन्थ्यो, यो भएन, त्यो भएन। छायंकन भरी मैले आमा ‘झरना’ लाई भेटिन। गीतको सुटिङको क्रममा खाना मन नपरेर सुहानाले खाना खाइनन्। झरनाले अर्को अप्सन दिइनन्। खाना नखाएकी सुहानाले आमाको गालि खानुपर्‍यो, ‘अनुहारमा ग्लो आउँदैन। तिम्ले गरेर सुटिङमा समस्या हुन्छ।’ सुहानालाई यो कुरा मनमा नै बिझेछ, ‘उनी साँच्चै नै रोइन्, आँखा सुन्नियो अनि दुई घण्टा सुटिङ रोकियो।’

‘सुहानालाई अगाडि बढ्न मेरो नाम नै काफी छ’
‘अनमोललाई लिँदा सुहानालाई पनि ल्याउने सल्लाह भएको हो। आरोप लागेको जस्तै भईसक्यो, ‘अनमोलको सपोर्टमा छोरीलाई हिट बनाउन ल्याएको हो।’ एक तर्फबाट हो, तर अर्को तर्फबाट लाग्छ, ‘आच्या के भन्या होला !’ किनकी सुहाना २३ वर्ष चलचित्र क्षेत्रमा सफल रुपमा सक्रिय भएको कलाकारकी छोरी हुन्। हामीले आफ्नै प्राेडक्सन हाउसबाट ७ ओटा चलचित्र बनाईसकेका छौँ। अनमोल हाम्रो व्यानरमा आउनु नै राम्रो कुरा हो। अनमोलप्रति म नेगेटिभ भएको होइन, तर सुहानालाई झरनाको नाम नै काफी छ।’ ढुक्क सुनिन्छिन् झरना, ‘छोरीलाई माया गर्ने दर्शक मैले कमाएकी छु’

झरना मिश्रित भावमा छिन्, अलिअलि ढुकढुक अनि दर्शकप्रति विश्वास। आफूलाई लामो समयसम्म कलाकार त्यसपछि निर्देशक दर्शकले नै बनाएको मान्ने झरनालाई आफ्नो छोरीको लागि पनि दर्शकले माया साँचेर राखेको अपेक्षा छ। सुहानालाई पहिलो चलचित्र असाध्यै प्यारो छ। चलचित्रको छायंकन ‘छुट्टि मनाउन गएको जस्तो’ अनुभूति छ। ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाइरहेकी सुहानाले चलचित्र प्रदर्शनपछि दर्शकको माया पाउनेमा आशावादी छिन्। सुहाना जन्मदा बाबा जस्तै अनुहार जस्तो लाग्थो झरनालाई। ठूलो हुँदै जाँदा आफूजस्तै देखिइन् अब बाटो पनि पच्छाउदै छिन्। स्नातकको पढाई बिचमा रोकिएको छ, ‘ए मेरो हजूर –३’ पछि पढाई पूरा गराउने योजना छ। झरना भन्छिन् ‘स्नातकसम्म त पढाई अनिवार्य छ। त्यदेशसञ्चारको सहयोगमा सम्पादन गरिएको ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।