स्वस्तिमा खड्कालाई किन भनिन्छ ‘राष्ट्रिय भाउजु’

काठमाडौं

स्वस्तिमा खड्का अहिले नेपाली चलचित्रको व्यस्त नायिका हुन् । ५ फिट ६ इन्च उचाइ रहेकि स्वस्तिमा जति चर्चित छिन् त्यतिनै चुलबुले पनि छिन् । उनी कहिले पत्रकार ऋिषि धमलालाई व्यांग्यात्मक तरिकाले प्रश्न गरेर त कहिले आफ्नै श्रीमान निश्चल बस्नेतलाई प्रयांक गरेर चुलबुले पारा देखाउँछिन् ।मिस टिन–२०१३ को उत्कृष्ट ५ मा स्थान बनाउन सफल भएकि खड्का अहिले भने नेपाली चलचित्रमा व्यस्त नायिकाको रुपमा गन्निछिन् । होस्टल रिटन्र्सबाट नेपाली चलचित्रमा पाइला टेकेकि खड्काले हालसम्म थुप्रै नेपाली फिल्म खेलि सकेकि छिन् । उनी चलचित्र होस्टल रिटन्र्सबाट एनएफडिसी एवार्डमा सर्वोत्कृष्ट सह–अभिनेत्री बाट पनि पुरस्कृत भएकि थिइन् । हालै उनको बुलबुले चचित्र सार्वजनिक भएको थियो ।

नायिका स्वस्तिमा हिजोआज फुरुङ्ग छिन् । कारण, उनको हातमा चलचित्रको अभाव छैन । यसमाथि, उनले काम गरेका चलचित्रले बक्स अफिसमा राम्रै व्यापार पनि गरिरहेका छन् । त्यसमाथि पनि, चलेका लोक शैलीका गीतहरुमा उनले नै अभिनय गरेकी छिन् ।

स्वस्तिमा ‘कुटुमा कुटु’देखि ‘जय भोले हुँदै छक्का पन्जा ३’को लोक लयको गीत आफूलाई परेको बताउँछिन् । स्वस्तिमाले अहिले नै आफ्नो आमा बन्ने योजना नभएको बताइन् । उनले भनिन्, ‘अहिले नै मोटाउने योजना छैन । यसका लागि अझै केही बर्ष लाग्छ ।’

तर, उनलाई केही फ्यानले मोटी भनिदिएपछि भने टेन्सन भएको छ । यसैले उनी अझै दुब्लाउनुपर्छ कि भन्ने सोचमा पुगेकी छिन् ।

आफ्नो विन्दास र चुलबुले छविका कारण नायिका स्वस्तिमा चलचित्रकर्मी र पत्रकारमाझ भिजेकी छिन् । चलचित्रमा समेत राम्रो काम गर्ने स्वस्तिमा सबैसँग राम्रो सम्बन्ध गाँस्ने बाटोमा छिन् । यसैले पनि अहिले उनलाई चलचित्रको अफर धेरै आउन थालेको छ ।

स्वस्तिमा क्यामेराको अगाडि आफूलाई विन्दास रुपमा प्रस्तुत गर्छिन् । जसलेगर्दा, चुलबुले स्वस्तिमाका रमाइला तस्बिरहरु क्यामेरामा कैद हुन्छन् ।

स्वस्तिमा अहिले झनै दुब्लाएकी छिन् । उनको दुब्लो शरीरलाई मेन्टेन गरेको भन्न सकिएला ।

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी हुन् स्वस्तिमा । उनको पहिलो चलचित्रले नै व्यवसायिक सफलता पाएको थियो । निर्देशक निश्चल बस्नेतसँग बिहे गरेपछि उनको करिअरले नयाँ मोड लिएको छ । अझ भनौ, निर्देशक निश्चल बस्नेतसँगको बिहे उनलाई फापेको छ ।बिहेपछि धेरैले उनलाई ‘भाउजु’ भनेर चिन्ने गर्थे । तर, अहिले स्वस्तिमाले आफ्नै परिचय बनाइसकेकी छिन् । ठूला व्यानरको फिल्ममा उनको खोजी हुन थालेको छ ।

चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतमा नृत्य गरेर एकाएक हिट भएकी स्वस्तिमाले त्यसपछि लिड रोलमा चलचित्रमा काम पाइरहेकी छिन् ।

नायिका स्वस्तिमाले नेपाली फिल्म उद्योगमा महिलालाई पछाडि पार्ने गरिएको बताएकी छिन्।

खड्काले हिरोको ‘स्टार भ्यालु क्यास’ गर्ने काम भइरहँदा नायिका र अन्य महिला कलाकार पछाडि परेको बताइन्।

‘केटी मान्छेलाई मुख्य भूमिकामा राखेर फिल्म बन्नुपर्छ’, खड्काले भनिन्, ‘त्यसो हुँदा दर्शकलाई बानी पर्छ। नभए त महिला मुख्य कलाकार भएको फिल्ममा के होला र, बायोपिक जस्तो होला । साधारण कथा होला भन्ने हुन्छ । यस्तो सोचाइ परिवर्तन गर्नुपर्छ ।’

उनले नेपाली फिल्म क्षेत्रमा महिला निर्देशक कम रहेको उल्लेख गरिन् । महिला निर्देशकहरूले पनि महिलाको विषयभन्दा प्रेमकथा बनाउनेतर्फ लागेको टिप्पणी गरिन् ।

‘उहाँहरू पनि महिलाको विषयमा भन्दा पनि प्रेमकथाको फिल्म बनाउनुहुन्छ’, स्वस्तिमाले भनिन् ।

यद्यपी आफ्नो भर्खरै सार्वजनिक भएको चलचित्र बुलबुलको निर्देशक पुरुष रहेको बताइन्। बुलबुलमा स्वस्तिमा मुख्य भूमिकामा थिइन्।

‘मेरो भनाइको अर्थ पुरुषले बुझ्नै नसक्ने भन्ने होइन’, स्वस्तिमाले भनिन्, ‘महिलाको विषयमा बुझ्ने गरी फिल्म बनाउन महिलाले जति पुरुषले सक्दैन।’

उनले हिरोलाई ‘स्टार भ्यालु’ मान्ने परम्परा अन्त्य हुनुपर्ने बताइन्।

‘नायिकाभन्दा हिरो मार्फत् स्टार भ्यालु क्यास गर्न सकिन्छ भन्ने धारणा छ’, स्वस्तिमाले भनिन्, ‘केटीलाई पछाडि पारिन्छ।’

उनले आफू निर्माता बनेको अवस्थामा भने नायिकालाई हिरोको पछाडि नचाउने मात्रै काम नगर्ने बताइन्।

‘स्टारलाई ल्याएर नायिका नचाउने मात्रै हुन्न फिल्म हुन्न’, स्वस्तिमाले भनिन्, ‘नायिका नाच्नै हुन्न भन्ने होइन। तर नायिकाको बलियो भूमिका भएको फिल्म बनाउँछु।’

स्वस्तिमाले आफूले काम गरेको कतिपय फिल्ममा मुख्य भूमिकामा रहेका नायकलेभन्दा बढी पारिश्रमिक लिएको दावी गरिन्।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा निकै चर्चामा आएकी हिरोइन हुन् स्वस्तिमा । चलचित्र होस्टल रिटन्र्स बाट नेपाली चलचित्रमा डेब्यु गरेकी उनी पछिल्लो समय फिल्म बुलबुल लाइ लिएर निकै चर्चामा छिन् । निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी उनले चलचित्र दुई रुपैयाँ मा समावेश गरिएको गीत कुटुमा कुटु गरेको नृत्यले लोकप्रियता हासिल गरिन् । उक्त गीत हिट भएपछि उनले लाखौ फ्यान कमाउन सफल भइन् ।

हुनत, नायिका खड्का र कलाकार तथा निर्देशक निश्चल बस्नेत एउटै चलचित्रमा जोडीको रुपमा प्रस्तुत भएका छैनन् । चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीत हिट भएपछि यी दुबै चम्किए । स्वस्तिमाले एउटै गीतबाट राम्रो चर्चा कमाइन् ।

यता, निश्चल पनि निर्देशकपछि कलाकारको रुपमा ‘२ रुपैयाँ’बाट हिट भए । यो चलचित्रले राम्रो व्यापार गर्याे । स्वस्तिमालाइ फेरि अहिले ‘छक्का पन्जा २’ले खुसी दिइरहेको छ । कलाकार नै कलाकारको जम्बो टोली रहेको यो चलचित्रको मुख्य कथा स्वस्तिमाकै वरिपरी घुमेको छ । दर्जनौ कलाकार भएको चलचित्रमा मुख्य कथामा नै काम गर्न पाएकी स्वस्तिमा अहिले चलचित्र सफलताको स्वाद चाखिरहेकी छिन् ।

भिन्न भिन्नै चलचित्रको सफलताको खुसी साटिरहेको यो जोडीले एउटै पर्दामा जोडी बनेर दर्शकमाझ कहिले आउने हो, यो भने प्रतिक्षाकै बिषय बनेको छ ।

स्वस्तिमाले चलचित्र ‘छक्का पन्जा ३’मा यति सानो भूमिका गरिन् कि, त्यो भूमिका उनले गर्नुहुन्थ्यो या हुन्थेन भनेर चलचित्र रिलिज भएपछि बहस पनि भयो । किनकी, चलचित्रा उनको केमियो भूमिका थियो भन्दा फरक नपर्ला । ‘छक्का पन्जा २’मा मुख्य नायिकाको रुपमा देखिएकी स्वस्तिमालाई तेश्रो सिरिजमा यति सानो भूमिका किन गर्नुप¥यो भन्ने टिप्पणी पनि भयो । तर, यतिबेला स्वस्तिमालाई ब्रान्डको लोभ लागेको प्रष्ट थियो ।

उनै स्वस्तिमा खड्काले चलचित्र ‘दाल भात तरकारी’ छाडिन् । यो चलचित्र साइन गर्ने पहिलो कलाकार उनी थिइन् । चलचित्रमा उनी मुख्य नायिकाको भूमिकामा पनि थिइन् । तर, स्वस्तिमाले अन्तिम समयमा आएर यो चलचित्र छाड्दा उनी चतुर कि लोभी भन्ने प्रश्न उब्जेको छ ।

किनभने, स्वस्तिमाले यो चलचित्र छाड्नुको कारणबारे यसका निर्माता किरण केसीले भनेका छन्–‘अर्को चलचित्र र हाम्रो चलचित्रको छायांकन समय जुधेकोले स्वस्तिमाले आग्रह गरेपछि सहमतीमा हामीले काम नगर्ने निर्णय गरेका हौ । यसमा उनी ४ जना नायिकाविच छिन् भने अर्कोमा सोलो छिन् । उनले चलचित्र छाड्नुमा यो फ्याक्टरले पनि काम गरेको छ ।’

स्वस्तिमाले यो चलचित्र ‘हजार जुनी सम्म’मा काम गर्नका लागि छाडेकी हुन् । यो चलचित्रमा उनी सोलो नायिकाको रुपमा छिन् । चलचित्र ‘नाई नभन्नु ल ५’मा काम गरेपछि उनी निर्देशक विकासराज आचार्यसँग सम्बन्ध विगार्ने सोचमा छैनन् ।

स्वस्तिमाले चलचित्र ‘हजार जुनी सम्म’ गर्ने वा नगर्ने निर्णय गर्न सकेकी थिइनन् । यतिबेला, उनका लागि ‘दाल भात तरकारी’ मुख्यकारण बनेको थियो । तर, अन्तिम समयमा उनले ‘हजार जुनी सम्म’लाई रोजेर ‘दाल भात तरकारी’को टिमबाट अलग हुने निर्णय गरिन् । स्वस्तिमा यतिबेला भने केही चतुर देखिएकी छिन् ।

‘छक्का पन्जा ३’मा केमियो भूमिका पनि गर्न तयार स्वस्तिमाले ‘दाल भात तरकारी’मा अन्य ३ जना नायिका छन् भनेर छाड्नुको कारण अर्थपूर्ण छ । किनकी, यो चलचित्रमा नायिका प्रियंका कार्की आइटम गीतमा मात्र छिन् भने बर्षा राउतको पनि विशेष भूमिका रहनेछ ।

स्वस्तिमालाई अहिले कामको अभाव छैन । उनीसँग प्रशस्त चलचित्र छन् । म्यूजिक भिडियोदेखि चलचित्रबाट आएको अफरले स्वस्तिमा लोभीसँगै चतुर पनि बनेकी छिन् ।

खड्का पछिल्लो समयकी निकै व्यस्त नायिका हुन्। ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतमा आफ्नो नृत्यसँगै कुशल अभिनयको चर्चाले उनलाई सिनेमा क्षेत्रमा व्यस्त बनायो। व्यस्तताले श्रीमान्सँग घुम्न पनि फुर्सद छैन रे । उनीसँग अन्नपूर्ण शैलीका लागि अजवी पौड्यालको छोटो कुराकानीः

ब्याग बोक्न प्रायः छुटाउनुहुन्न है ?

हो नि। स–सानो भए पनि ब्याग बोकेरै हिँड्ने बानी छ।ब्यागभित्र के के हुन्छ ?मेकअपका सामान भरसक छुटाउँदिनँ। प्रायः चकलेट, एक दुइटा फलफूल पनि बोक्छु।

निकै स्लिम हुनुहुन्छ। जिम जानुहुन्छ ?

म स्वास्थ्यको सवालमा अत्यन्तै लापरवाह छु। जे भेट्यो, त्यही खाइदिन्छु। जिम जाने गरेकी छैन। प्राकृतिक रूपमै मेरो शरीर यस्तै हो। अहिलेसम्म मोटाएकी छैन।

मेकअप कत्तिको गर्नुहुन्छ ?

सकेसम्म मेकअप गर्न मन लाग्दैन। मेकअप गरेपछि ‘टच’ गर्न नहुने। अलि बढी ध्यान दिनुपर्ने हुँदा मेकअपमा म दिक्क मान्छु। मिटिङ तथा साथीहरूसँगको भेटघाटमा म बिना मेकअप नै देखिएकी हुन्छु। सन्ब्लक भने प्रायः छुटाउँदिन।

तपाईं कुन ब्रान्डको पारखी ?

मैले प्रयोग गर्ने सामान प्रायः विदेशबाट मगाउछु। फाउन्डेसन र लुज पाउडर म्याक कम्पनीको प्रयोग गर्छु। आईस्याडो र गाजलको कम्पनी भने चेन्ज गरिराख्छु। जुन मन पर्छ, त्यही किन्ने बानी छ।

श्रीमती, बुहारी अनि व्यस्त नायिका यी सबै जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ ?

घर र बाहिरको काम जुधेर मलाई केही अफ्ठ्यारो परेको छैन। परिवारका सदस्यले मैले घरमा काम गरोस् भनेर अपेक्षा पनि राख्दैनन्। त्यसैले, आफ्नो काममा पूरा समय दिन पाएकी छु। परिवारका सदस्यसँग समय बिताउन नपाउँदा भने दुःख लाग्छ।

पछिल्ला समयको फिल्ममा स्वस्तिमाको अभिनयमा के बदलियो ?

अभिनयको औपचारिक जानकारी नलिइकन यो क्षेत्रमा आएकी हु। नाच्ने र अभिनय गर्ने गर्दागर्दै केही कुरा सिक्ने र आफ्नो क्षमता निखार्ने कोसिस गरिरहेकी छु। बदलिएको कुरा त अभिनय गर्ने शैली नै हो।

तपाईंलाई मन पर्ने आफ्नै बानी ?

कुनै पनि काममा पूरा समय खट्ने गरेकी छु। जस्तो कि अहिले चलिरहेको ‘जय भोले’ प्रदर्शनका समयमा पनि निकै समय दिएँ। सबैलाई आफ्नो लगानीको चिन्ता हुन्छ नि। कुनै कामको लागि एउटा निश्चित समय छुट्ट्याएकी हुन्छु। त्यो समयभर त्यही काममा मात्र ध्यान दिन्छु। लामो समय एउटै काममा लाग्ने बानी छैन।

आफूले अभिनय गरेको फिल्म प्रदर्शनमा आउनुअघि डर लाग्छ ?

मलाई त्यस्तो डर चाहिँ लाग्दैन। तर कस्तो प्रतिक्रिया आउने होला भन्ने ख्याल गरेकी हुन्छु। आफूले गरेको काममा आजसम्म कुनै पनि मलाई मन परेको छैन। सधैं कमजोरी मात्र देख्छु, अर्को पटक सुधार्ने कुराहरू थाहा पाउँछु। कामको रिजल्टको बारेमा धेरै अपेक्षा पनि गर्दिनँ।

अभिनय पनि सिक्नुभा छ ?

म इन्जिनियरिङको विद्यार्थी हो। औपचारिक रूपमा अभिनयको क्लास भने लिएकी छैन। काम गर्दै सिक्दैछु।

निश्चलसँगको भेट ?

होस्टल रिटन्स फिल्मको सुटिङ सकेर बसेकी थिए। एउटा कार्यक्रममा उसँग भेट भएको थियो। पछि एकअर्कोलाई मन परायौं, अनि बिहे गरियो। फिल्मी करियर र बिहे सँगसँगै जस्तो भयो।

घुम्न कत्तिको जानुहुन्छ ?

खासमा कामले सँगै घुम्ने मौका नै मिलेको छैन।

फुर्सदको समय ?

स्विमिङ गर्न मलाई अत्यन्तै मन पर्छ। समय मिल्नासाथ स्विमिङ गैहाल्छु। यसले मलाई ऊर्जा दिन्छ। मुड फ्रेस बनाउँछ।

स्वस्तिमाले आफूलाई बर्षा राउत र प्रियंका कार्कीमध्ये बर्षा राउत अलि बढी मन पर्ने बताउँछिन् । त्यस्तै उनले बल्कबस्टर सेलेब्रेटीको नाम लिनु भन्दा अनमोल केसीको नाम रोजेकी छिन् ।

त्यस्तै उनले आफूलाई सबैभन्दा ह्याण्डसम र सेक्सी आफ्नै श्रीमान् निश्चल बस्नेत लाग्ने बताइन् । हेरौँ चुलबुले स्वस्तिमाका केहि

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।