नायिका आना शर्माकी आमा हुन् मिस नेपालकी रुखो बोल्ने निर्णायक रचना गुरुङ

काठमाण्डौ ।

मिस नेपालको अडिसनमा कन्टेसटेन्टलाई बिना मेकअप आएको भन्दै हप्काएको भिडियो भाइरल भएपछि विवादित बनेकि रचना गुरुङको छोरी नेपाली चलचित्रकि चर्चित नायिकामा गन्निछिन् ।अन्ना र अमालिया शर्मा मिस नेपालको कोरियोग्राफर रचना गुरुङ शर्माका छोरी हुन् । एनाको चाहना सानैबाट चलचित्र खेल्ने थियो । जुन चाहना जेरी फिल्मबाट शुरु भयो ।

अन्ना नेपाली चलचित्रको नयाँ आशाका रुपमा गनिएकि छिन् । उनको अश्लि नाम भने अन्नपुर्ण शर्मा हो । सानैदखि आफ्नी आामाले मिस नेपालको कोरियोग्राफ गरेको देखेर मिस नेपालमा आउन मन नलागेको बताउने अन्ना अहिले नेपाली चलचित्रको चर्चित नायिका हुन् । उनको ग्याङस्टर ब्लूज, मेन फ्रम काठमाडौँ र जेरि फिल्ममा अभिनय गरिसकेकि छिन् । उनको नयाँ फिल्म द मेन फ्रम काठमाडौँ गत चैत १ गते सार्वजनिक भएको थियो ।

भिडियोमा देखिने निर्णायक रचना गुरुङ मिस नेपालमा २५ वर्षदेखि आबद्ध छिन् । भिडियोलाई लिएर उनी छक्क छिन् । कुराको प्रसंग नखुलाई अघिपछिको भाग फालेर आफूलाई नराम्रो देखाउन खोजेको उनले बताइन् ।

‘त्यति भाग मात्रै काटेर राखेको छ,’ उनले भनिन्, ‘उनी उत्कृष्ट २५ मा छानिएकी छन् । ऊ नयाँ कुरा सिक्न इच्छुक छ । म त उसलाई देखेर गर्व गर्छु ।’ गुरुङले आफूलाई नराम्रो देखाएर आफू चर्चित फेसबुक प्रयोगकर्ताले यो सब गरेको बताइन् । ‘कुनै मान्छेले खेल खेलेको हो,’ उनले भनिन् ।

मेरा छोरीहरूलाई समेत अप्ठ्यारो परिहरको छ ।’ रचना अभिनेत्री आना शर्माकी आमा हुन् । युट्युबमा उपलब्ध पूरा भिडियोमा आफूले प्रसंगसहित उक्त प्रश्न राखेको रचनाको दाबी छ । यसबारे हिडन ट्रेजरले केही दिनमा प्रस्टीकरण दिने उनले बताइन् ।

रचनाकी छोरी नायिका आना शर्माको अबतार ! उनी पछिल्लो समय निकै खुल्ने गरेकी छिन् ।

‘मलाई मेकअप गर्न आउँदैन’ भन्दा गाली खाएकी युवती कन्टेस्टेन्ट नं. ८

मिस नेपाल प्रतियोगिता ‘ब्युटी विथ नो ब्रेन’ भन्ने मान्यतासहित बदनाम छ। तर गएको वर्षकी मिस नेपाल ‘श्रृंखला खतिवडा’ ले विश्वमाझ नेपाललाई परिचित गराउन सफल भइन्। उनलाई धेरैले सहयोग गरे, चीनमा भएको विश्व सुन्दरी प्रतियोगीतामा उनको सहभागितालाई गौरवको विषय मानियो।

हरेक वर्ष हिडन ट्रेजरले मिस नेपालको नयाँ संस्करण ल्याउँछ। सन् २०१९ को लागि केही समय अगाडिमात्र आवेदन खुलेको थियो। यही सौन्दर्य प्रतियोगिता मिस नेपाल सन् २०१९ की एक सहभागी अस्मिता महर्जनले अडिसनमा आफूलाई मेकअफ गर्न आउँदैन भन्दा निर्णायक रचना शर्मा गुरुङको मार गाली खाएकी थिइन्। उनी अहिले मिस नेपालको आठौँ नम्बरकी सहभागी भएकी छन्।

केही दिनअगाडि निर्णायक गुरुङले मेकअप किन नगरेको भन्दा अस्मिताले ‘मेकअप गर्न आउँदैन तर म सिक्छु’ भनेकी थिइन्। रचनाले भने यो २१ औँ शताब्दी हो, प्रतियोगितामा आउँदा मेकअप नगरी आउनु अपमानजनक भएको बताएकी छन्।

अस्मिताले आफू जसरी आउन सहज भएको उसै गरी आएको बताएकी छन्। प्रतियोगीले चश्मा लगाएको विषयमा पनि गुरुङले प्रतिक्रिया दिएकी थिइन्। माइनस ५ पावरको चश्मा लगाएकी अस्मितालाई कन्ट्याक्ट लेन्स लगाउनुपर्ने भन्दै प्रतिक्रिया दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सामाजिक सञ्जालमा कोरियोग्राफर गुरुङको आलोचना भइरहेको छ। साथै सुन्दरी प्रतियोगितालाई पनि नराम्रो रुपमा व्याख्या गरिएको छ।

यसरी गालि खाएकी प्रतियोगी अस्मिता भने टप २६ मा पुगेकी छन्। उनले फेसबुकमा फोटो सुटमा भएको जानकारी दिँदै आफू कन्टेस्टेन्ट नं ८ भएको जानकारी गराएकी छन्।

मिस नेपालमा ‘मोडल’को खोजी की ‘रोल मोडल’को ?

मिस नेपालमा सहभागी हुन बिना मेकअप पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमकी ‘जज’ रचना गुरुङ शर्माले उनलाई मेकअप बिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

उक्त घटना पछि मिस नेपाललाई महिलाको रुप बेच्ने कारखाना भन्दै कतिपय महिलाले नै विरोध गर्ने गर्छन् । यतिबेला भने मिस नेपाल अर्कै कारणले चर्चामा आएको हो । कारण हो, मिस नेपालमा सोधिएको एउटा प्रश्न ।

सामाजिक सञ्जाल फेसबूकमा डाक्टर कल्याणले आफ्नो फेसबूक पेजमा एउटा भिडियो सार्वजनिक गरेर लेखेका छन (‘मिस नेपाल अडिसन, यो क्लिप हेरेर मनमा आएको कुरा तल लेख्नुहोला ।’ डाक्टर कल्याणले आफ्नो फेसबूक पेजमा राखेको भिडियोमा आएको प्रतिकृया हेर्न यहाँ क्लिक गर्नुहोस ।

खासमा क्लिपमा के छ ?

प्रतियोगीले आफ्नो परिचय दिन्छिन् – ‘मैले ब्याचलर डिग्रीमा कम्युटर इन्जिनियरिङ गरिरहेकी छु । म अहिले सेभेन्थ सेमेस्टरमा पढिरहेकी छु ।’

मिस नेपालकी सहभागी अस्मिता महर्जनलाई लगत्तै निर्णायक रचना गुरुङले प्रश्न सोध्छिन् – ‘तिमीले किन मेकअप नगरी आयौ ?’

प्रतियोगीले इमान्दारपूर्वक मुस्कुराउँदै भन्छिन् – ‘वास्तवमा मलाई मेकअप गर्न नै आउँदैन ।’

निर्णायकले रुखो आवाजमा अर्को प्रश्न गर्छिन् – ‘मेकअप गर्न नआउने भए किन मिस नेपालमा आएको ? अहिलेको एक्काइसौँ शताब्दीमा मेकअप नै गर्न नआउने मान्छे मिस नेपालमा भाग लिन आएर ‘मिस नेपाल’को गरिमालाई कमजोर बनाउन खोजेको ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘म सिक्नेछु ।’

निर्णायकले अन्तिम निर्णय सुनाउँदै भन्छिन् – ‘तिमी सिकेर आऊ । तिमीले मिस नेपालको प्लेटफर्मलाई अनादर र्गयौ ।’

सहभागीले चुपचाप मुस्कुराएर नै यो सबथोक बेहोर्छिन् ।

त्यसपछि निर्णायकको प्रश्न प्रतियोगीको खुबीमा होइन कि, आँखामा लगाएको चश्मातिर ढल्किन्छ । उनले सोध्छिन् – ‘तपाईंको आँखामा लगाएको चश्माको पावर कति हो ?’

प्रतियोगीले उत्तर दिन्छिन् – ‘( ५ ।’

निर्णायकले अर्को प्रश्नको झटारो हान्छिन् – ‘तपाईं कन्ट्याक लेन्स प्रयोग गर्नुहुन्छ ?’

प्रतियोगीले भन्छिन् – ‘गर्छु ।’

फेरि निर्णायकको प्रश्न आउँछ – ‘किन नलगाएको त ?’

प्रतियोगीले जवाफ दिन्छिन् – ‘म स्कुटीमा आउनुपर्ने थियो । र, काठमाडौंमा धूलो बढी हुने कारणले चश्मा प्रयोग गरेकी हुँ ।’

यो भिडियो क्लिप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मेकअपलाई मिस नेपालमा अनिवार्य बनाएको र मेकअप गर्न नजान्ने सुन्दरीहरुलाई अपमान गरेको भन्दै विरोध गरिरहेका छन् ।

भिडियोमा कतिले निर्णायकका तर्फबाट मेकअपलाई लिएर प्रश्न सोध्ने रचना गुरुङ शर्माको विरोध गरेका छन् । कतिपयले मेकअप गरेकी रचनाभन्दा प्रतियोगी नै ‘राम्री’ देखिएको भन्दै निर्णायकको मजाक उडाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा मेकअप नगरेर मिस नेपाललाई अनादर गरेको आरोप समेत लगाइएको छ । भिडियो फुटेज सार्वजनिक भएपछि मेकअपलाई नभएर बौद्धिकतालाई सम्मान गर्नुपर्ने धारणा धेरैको छ । उक्त भिडियो फुटेजलाई लिएर सामाजिक सञ्जालमा युवापुस्ताको निरन्तर विरोध भइरहेको छ ।

अहिले सामाजिक संजालमा उनलाई दर्शकले गालीको बर्षा नै दिएका छन् । अश्मितालाई भने बिना मेकअप नै राम्री देखिएको भदै तारिफ गरेका छन् । तिनै सहभागी महर्जन अब प्रतियोगिताको अघिल्लो चरणमा पुगेकी छन्। एक फेसबुक पोस्ट मार्फत उनले यसबारे जानकारी गराइन् । उनले केहि समय अघि मात्रै ‘रोड टु मिस नेपाल २०१९’ भन्दै एक फेसबुक पोस्ट गरेकी थिइन् ।

यो भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि मिस नेपाल २०१८ शृङ्खला खतिवडाले ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गरेकी छन् । उनको यो पोष्टले सुन्दर हुनलाई मेकअप गर्नै पर्छ भन्ने गुरुङको तर्कलाई बलियो जवाफ दिएको छ । शृङ्खलाले आफ्नो फोटोसँगै लेखेकी छन्, ‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर’ ।

के भएको थियो मिस नेपाल अडिसनमा? किन तात्यो सामाजिक सञ्जाल ?

मिस नेपाल २०१९ का लागि लिइएको अडिसनको भिडियो शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो । त्यसमा एक प्रतियोगीले मेकअप नगरेको र चस्मा लगाएको भन्दै निर्णायकले प्रश्न गरेकी छन् । त्यसबारे सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएको छ ।

फेसबुकमा अपलोड भएको २४ घण्टा पुग्न नपाउँदै भिडियोमा १९ हजार कमेन्ट र २७ हजार रियाक्सन आए । शुक्रबार साँझसम्म कम्तीमा १७ हजारले उक्त भिडियो सेयर गरिसकेका छन् ।

भिडियोमा प्रतियोगी युवतीलाई निर्णायक रचना गुरुङ शर्माले मेकअप किन नगरेको भन्दै प्रश्न गरेकी छन् । कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेको बताउने ती युवतीले आफूलाई मेकअप गर्न नआउने तर सिक्ने बताउँछिन् । गुरुङले चस्माको सट्टा लेन्स किन नलगाएको भनेपछि युवतीले धूलोको कारण चस्मा लगाउनुपरेको बताउँछिन् । मिस नेपालको कोरियोग्राफरसमेत रहेकी गुरुङले उनलाई कपाल पछाडि लग्न अह्राउँछिन्, ५६ सेकेन्डको भिडियो यत्तिकैमा सकिन्छ । फेसबुक, ट्वीटरतिर भिडियो हेरेपछि अधिकांशले गुरुङको आलोचना गरेका छन् । फेसबुकमा पोखरेल बिमलाको प्रतिक्रिया यस्तो छ, ‘बौद्धिकताको कदर गर्न सिक्नु । मेकअप गरेर जोकोही राम्रो हुन सक्छ, मनको सुन्दरतालाई चिन्न सुन्दर मन नै चाहिन्छ ।’

कृष्ण आलेले चाहिँ निर्णायकको बोली रुखो भएको आशयमा आफ्ना विचार राखेका छन् । उनी लेख्छन्, ‘निर्णायकले आफू मात्रै यो संसारको राम्री र स्मार्ट हुँ भने जसरी बोलेको देखिन्छ । प्रतियोगी युवतीलाई प्रेरणा दिनुको सट्टा उपेक्षा गरेको देखिन्छ । मेकअपबिनाको सौन्दर्यमा दिव्यज्योति हुन्छ भन्ने तिनलाई थाहा रहेनछ ।’ भिडियोमा देखिएकी युवती ललितपुरकी अस्मिता महर्जन हुन् । उनले बिहीबार मात्रै आफू मिस नेपालमा छानिएको र त्यसतर्फको यात्रा प्रारम्भ भएकोमा खुसी जनाउँदै फेसबुकमा स्टाटस पोस्ट गरेकी छन् । ‘प्रतियोगी नम्बर ८,’ उनले ह्यास्ट्यागमा लेखेकी छन्, ‘ह्याप्पी डेज ।’ त्यसको आठ घण्टापछि उनको अडिसन लिइएको भिडियो फुटेज भाइरल भयो । अस्मिताले भाइरल भिडियोलाई लिएर सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया दिएकी छैनन् । मिस नेपाल शृंखला खतिवडाले ‘नो मेकअप एन्ड स्टिल ब्युटिफुल’ भन्दै आफ्नो फोटो ट्वीट गरेकी छन् । पूर्व्मिस नेपाल निकिता चाण्डकले यो के भइरहेछ भन्नेबारे आफूले नबुझेको बताइन् । ‘म पनि मेकअप बेगर नै अडिसन दिन गएकी थिएँ,’ उनले भनिन्, ‘ड्रेसअपको तरिका र प्रस्तुति शैलीबारे आइडिया थिएन । मलाई यसबारे प्रश्न सोधिएन ।’ कतिलाई मेकअपमा रुचि नहुने र सबैले सौन्दर्य प्रतियोगिता नपछ्याउने भएकाले बाहिरी आवरणलाई मुद्दा बनाउनु ठीक नभएको उनको भनाइ थियो ।

‘अडिसन खुला गर्दा नै यसमा भाग लिनका लागि आवश्यक रिक्वायरमेन्टबारे जानकारी दिन सकिन्छ,’ चाण्डकले भनिन्, ‘मेकअपबारे पनि त्यसमा उल्लेख गरे भयो । पूर्वजानकारी दिनुपर्छ ।’ द हिडेन ट्रेजरका प्रमोटर प्रमोदरत्न कंसाकरले भिडियोबारे आफूलाई थाहा नभएको बताए । ‘ट्रोल गरेको होला कसैले,’ उनले भने, ‘हाम्रो आफ्नै प्रक्रिया हुन्छ । भिडियोबारे सुनेको छु तर मलाई थाहा भएन ।’ भिडियोलाई कतिले पब्लिसिटी स्टन्ट भनेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले भने सौन्दर्य प्रतियोगिताको उद्देश्यमाथि प्रश्न उठाएका छन् । यस्ता प्रतियोगिताले बाह्य सौन्दर्य मात्रै नाप्ने हो त भन्ने प्रश्न तेजिलो बनेको छ । मेकअपलाई लिएर रचना किन त्यति रुखो बनेकी हुन् ? यसबारे उनको जवाफ यस्तो थियो, ‘हामी भित्री–बाहिर दुवै सौन्दर्यलाई महत्त्व दिन्छौं तर मेकअप भनेको सौन्दर्य प्रतियोगिताको आधारभूत कुरा हो ।’

-सिन्धुली साैगात

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।