तराईमा विनाशकारी हावाहुरीमा तीन दर्जनको मृत्यु ५ सय भन्दा बढी घाइते

काठमाण्डौ

आइतबार साँझ आएको हावाहुरीले तराईका केही जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत  हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना बढी घाइते भएको जानकारी दिनु भएको छ । साथै उक्त घटनामा ज्यान गुमाउने प्रति शोक  प्रकट गर्नु भएको छ ।https://twitter.com/kpsharmaoli/status/1112397343461040128

बारा र पर्सा जिल्लाको केही स्थानमा आएको डरलाग्दो ऑधि,हुरीले अहिले सम्म तीन दर्जन जतिको मृत्यु भएको खबर छ ।बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । हताहत हुनेको संख्या अझै बढ्ने सक्ने आशंका गरिएको छ ।हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको केन्द्रले जनाएको छ । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिनु भएको छ ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।