यात्रुलाई हर्टअट्याक भएपछि ट्याक्सीले सडकमै छाडेर भागेपछि (भिडियो)

काठमाडौं, १५ चैत । शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्दै गएको छ । जसमा ट्याक्सी चढेका एक यात्रुलाई हर्टअट्याक भएपछि चालकले अस्पताल नलगी सडकमै ओरालेर भागेको देखिन्छ ।भिडियोमा जनाइएअनुसार सो घटना चाबहिलको सडकमा भएको हो । ट्याक्सी चढेको केही बेरमै एक व्यक्तिलाई हर्टअट्याक हुन्छ । तर, ट्याक्सी चाललकले उनलाई हस्पिटल लानुको सट्टा ट्याक्सीबाट निकालेर सडकमा छाडेर भागेको देखिन्छ ।

सडकमा लडेको केही समयपछि नै ती व्यक्तिको मृत्यु हुन्छ । बाटोमा एक व्यक्ति लडिरहेको देखेपछि पैदलयात्रुले प्रहरीलाई खबर गरे । प्रहरीले ती व्यक्तिको साथबाट प्राप्त गरेको कार्डअनुसार उनको नाम गोपाल भएको पहिचान खुलेको छ ।

ट्याक्सी चालकले गोपाललाई चाबहिलको हेल्पिङ ह्यान्ड हस्पिटल अगाडि सडकमा फालेको हस्पिटलको सीसीटीभी फुटेजमा देखिएको छ । यदि चाँडै ट्याक्सी चालकले गोपाललाई हस्पिटल लगेको भए उनी बाँच्न सक्थे कि भन्ने प्रश्न खडा भएको छ । प्रहरीले ट्याक्सीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।