काठमाण्डौ ।पूर्वप्रधानमन्त्री प्रचण्ड दाहाल पत्नी सीता दाहालको उपचार गरेर बिहिबार स्वदेश फर्किएका छन्। सीताको उपचारका लागि दुई साता अघि दाहाल अमेरिका गएका थिए ।
त्रिभुवन विमानस्थलमा अध्यक्ष दाहाललाई नेकपाका महासचिव बिष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए।
विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले सीतालाई विचित्रको रोग लागेकाले विश्वप्रसिद्ध संरचना भएको ठाउँमा उपचार गर्न गएको बताए ।
‘तीन वटा अस्पतालमा देखाउँदा यसअघि सिंगापुरका डाक्टरले जे भनेका थिए त्यो नै सही भएको र बाँकी परीक्षण गराउन नपर्ने बताएपछि हामी फर्कियौं,’ दाहालले भने, ‘यसपालि डाक्टरले थप तीन वटा नयाँ कुरा गर्न भन्नुभएको छ।’
प्रचण्ड पत्नी सीतालाई ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोग लागेको छ। जुन रोगको निको हुने औषधी अहिलेसम्म पत्ता लागेको छैन भन्ने बिशेषज्ञ बताउछन् ।
photo :setopati