प्रियंकालाई लिन डोली लिएर आयुष्मान (भिडियो सहित)

काठमाडौं ।

सधै चर्चा संगै आलोचनामा आउने अभिनेत्री हुन् प्रियंका कार्की उनको अमेरिका देखी लिएर पुरानो सम्बन्ध र अहिले आफु भन्दा ६ बर्ष कान्छा युबा संगको प्रेम सम्बन्धका कारण पनि उनको चर्चा र आलोचना दुबै छ ।केहि समय अघि आफु भन्दा कान्छा प्रेमी आयुष्मान देशराज संग ईन्गेजमेन्ट समेत गरेकी प्रियंकाले चलचित्रको पर्दामा धैरै पटक धेरै संग बिबाह गरेकी छिन् । अहिले आयुष्मान संग ईन्गेजमेन्ट गरिसकेकाले पनि प्रियंकाले बिहे गरिन् भन्दा पाठकहरुले पत्याउनु होला । अहिले पुनःएक म्युजिक भिडियोका लागि मात्र आयुष्मान संगै बिहे गरेकी हुन् ।

आयुष्मान संग सक्कली बिहेको टुंगो नलाग्दै प्रियंकाले प्रेमी संग नक्कली बिहे गरेकी हुन् । सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ बोलको गीतमा उनीहरुको बिहे गरेका हुन् ।

वैवाहिक कार्यका विविध दृश्यहरु म्युजिक भिडियोमा समेटिएको छ । मेहन्दी, हल्दीदेखि विवाह मण्डपदेखि प्रियंकालाई डोलीमा चढाएर लगिएका दृश्य म्युजिक भिडियोमा छ।

दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।