नेकपाका नेता योगेन्द्र गुरुङले हत्या गरी कोसी ब्यारेजमा फालेकाे रमिलाकाे शव फेला

काठमाण्डौ।

२६ वर्षीया मोरङको बेलबारी-४ की रमिला राईको हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा शव भेटिएको छ। नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले हत्या गरी कोसी ब्यारेजमा फालेकाे रमिलाकाे शव बुधबार भेटिएकाे छ । रमिलाको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै भेटिएको प्रहरीले बताएकाे छ ।रमिलाकाे शव बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा फेला परेको छ । रमिलाको टाउकोमा चोट लागेको र शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा फेला परेको छ ।

रमिला छोरीकी आमा समेत रहेकी र पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका पनि रहेकी थिईन् । एक्कासी रमिला वेपत्ता भएपछि उनकै प्रेमी भनिएका योगेन्द्र गुरुङले आफूले हत्या गरेको स्वीकारेका थिए । बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ। याेगेन्द्रले बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।

रमिला फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए।

तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।