अमेरिका पुगेका ‘प्रचण्ड’विरुद्ध उजुरी,पक्राउ गर्न ब्यापक माग

काठमाडौं, चैत ५ ।केहिदिन अगाडि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उजुरी परेको छ । पत्नी सीता दाहालको उचारका लागि अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै त्याहाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले उजुरी दर्ता गराएको हो ।

युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हालेका हुन् । श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै दाहाललाई पक्राउ गर्न माग गरेका छन् ।उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।