अष्ट्रेलियामा होलीको रन्को

सिड्नी पछिल्लो समय नेपालमा भन्दा पहिले अष्ट्रेलियामा चाडपर्बले छुने गरेको छ । नेपालमा अहिले सम्म होलीको कुनै रौनक छैन तर,अष्ट्रेलियामा होली खेल्न सुरु गरिएको छ । शनिबार मात्रै एक होली कार्यक्रम सम्पन्न भईसकेको छ ।

यसै साताबाट सुरु भएको होलीको रौनकले आउदो शनिबारको दिनलाई बिशेष बनाउने संकेत देखाईसकेको छ । दिनप्रतिदिन बिध्यार्थीहरुको बढ्दो संख्याका कारण पनि अष्ट्रेलियामा नेपाली चाडबाडमा आयोजना हुने खुल्ला कार्यक्रमले सफलता पाउने गरेको छ ।

केहि बर्ष देखी नेपालमा झै पार्कमा खुल्ला रुपमा होली पर्ब मनाउन थालिएको छ । यसपटक पनि नेपलिज स्क्वड ईन्ट्रटेन्मेटले होली मेलाको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । गत बर्ष रकडेको बाईसेन्टिनेन्टल पार्कमा आयोजना गरेको होली मेलाको आयोजकले यस पटक लिडकमको व्याट पार्कमा मेला गर्न लागेको हो ।

होली मेलामा कलाकारहरु सबिन राई र फरव्ह ब्यान्ड, प्रमोद खरेल, आस्था रावत, केकी अधिकारी, सृजना खत्री, दिनेश काफ्ले, र अन्य सिड्नीका कलाकारको प्रस्तुती रहनेछ। ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।