रुचाएनन् दर्सकले ‘यात्रा’को “चट्ट रुमाल” (भिडियो सहित)

बलिउडको सिको नेपाली सिनेमा क्षेत्रमा हुँदै आएको छ । पछिल्लो समय बलिउडमा पुराना हिट गीतहरुलाई रिमेक गर्दे फिल्ममा समाबेश गर्ने चलन निकै बढेको छ । जहाँ रिमेक गरिएका गीतहरुलाई कतिलाई दर्शकले मन पराए भने कतिलाई गाली बर्साए । नेपाली सिनेमा क्षेत्रमा पनि यो ट्रेड सुरु भएको छ । रिमेक भएका केही गीतहरुलाई मात्र दर्शकहरुले स्वीकार गरेका छन् । यस्तोमा यात्रा फिल्ममा समाबेश भएको गीत चट्ट रुमाल हिजोमात्र रिलिज गरिएको छ । धर्मेन्द्र सेवान र मेलिना राइको स्वर र राजन इशानको रिएरेञ्ज रहेको उक्त गीतलाई दर्शक तथा श्रोताहरुले रुचाएका छैनन् । युट्युवमा यतिबेला यस गीतलाई गालीको बर्षा भईरहेको छ ।

अधिकांशले पुरानो गीतको निर्मम हत्या भएको भन्दै आलोचना गरेका छन् । सुपरहिट फिल्म ‘आफनो मान्छे’ को सुपरहिट गीत ‘चट्ट रुमाल’मा सञ्चारकर्मी बाबुराम दाहालको शब्द ,शम्भुजित बास्कोटाको संगित र शम्भुजित र साधना सरगमको आवाज रहेको थियो जसमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको थियो । यस गीतको नेपाली दर्शक श्रोताहरुमा एउटा छुट्टै इमेज बनेको छ । त्यसैले पनि दर्शकहरुको अपेक्षामा रिमेक गीत खरो उत्रिन सकेन ।

गीतको रिएरेञ्ज मात्र होईन गीतको कोरियोग्राफी र कलाकारहरुको नृत्य पनि रुचाएका छैनन् । सिधा रुपमा भन्नु पर्दा अडियो एकातिर भिडयो अर्को तिर जस्तो भान हुन्छ भने गीतलाई सुहाउदो मुख्य कलाकार देखीदैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।