काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ अहिले प्रसारण भइरहेको छ।महानायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रम हरेक हप्ताको शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण भइरहेको छ भने हाल यो कार्यक्रम एपिसोड १३ सम्म आइपुगेको छ ।
हिजोको एपिसोडमा दुई प्रतियोगीले भाग लिए भने पहिलो कन्टेस्टेन्टले १ लाख ६० हजार को प्रश्नमा क्विट गरेर रु. ८० हजार धन राशि जितेर गएका छन् त्यस्तै दोस्रो प्रतियोगीले भने रु. ३००० को प्रश्नमा नै गलत जवाफ दिएर शून्यमा आउट भएका छन् । उनले कुनै पनि धनराशि जित्न सकेनन् को बन्छ करोडपतिमा आएर ।
हेर्नुस् ‘को बन्छ करोडपति’को एपिसोड १३