काठमाडौं । अरबौं करछली गर्दै आएको एनसेलमाथि नेकपाले केहिदिन घोषितरुपमा कारवाही गर्यो । जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि आफुले प्रतिनिधिमूलक कारबाही गरेको नेपाल कम्युनिष्ट पार्टीले दावी गरेको छ ।एनसेलको घोटाला बिरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी)ले बिगत लामो समयदेखि नै आन्दोलन पनि गर्दै आएको छ । कारवाही गर्नुअघि मात्रै पनि क्रान्तिकारीले देशभर एकसाथ एनसेलबिरुद्ध संघर्ष गरेको थियो र टावर उदाउने चेतावनी देको थियो । सर्वोच्च अदालतले समेत राज्यलाई तिर्न बाँकी कर तत्काल तिर्न एनसेललाई आदेश दिइसकेको छ ।
संसदीय ब्यबस्थाले देश उँभो नलाग्ने निष्कर्षसहित बैज्ञानिक समाजवाद स्थापनाका लागि नेकपा यतिबेला संघर्षरत छ । केहि समयअगाडी मात्रै नेकपा महासचिव विप्लवले समाजवादी ब्यबस्था ल्याउने जनताको सेना समेत तयार भइसकेको खुलासा गरेका थिए । जनयुद्ध दिवसको अवसरमा लामो समयपछि सार्वजनिक भएको एक अन्तर्वार्ताका क्रममा महासचिव विप्लवले भनेका छन् – ‘जनमुक्ति सेना, जनताको सेना, क्रान्तिको सेना, समाजवाद ल्याउने सेना बनेको छ । सुदृढीकरणतिर जाँदैछ ।”
एनसेलमाथिको कारवाहीपछि पनि नेकपा महासचिव विप्लवले एउटा आलेखमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले भनेका छन् -‘नेपालको अर्थतन्त्रमा एनसेलले लामो समयदेखि लुट मच्चाउँदै आएको आम जनतामा स्पष्ट नै छ । हालसम्म उसले सरकारी प्रमाणअनुसार पनि एक खरब बराबर कर छली गरिरहेको छ भने खरबौँ मुनाफा विदेश पलायन गरिसकेको छ । पार्टीहरूलाई घुस खुवाएर, नेताहरूलाई भ्रष्ट पारेर, कैंयन बेला न्यायक्षेत्रलाई समेत प्रभावमा पारेर आर्थिक भ्रष्टीकरणमा असीमित प्रकारले बढावा दिएको छ ।’
एनसेलले यस्तो लुट नमच्चाओस र उसलाई उचित कारबाही होस् भनेर पार्टीले सुरुदेखि नै भन्दै आए पनि समस्या हल गर्नुको सट्टा उल्टो जनसरकार र पार्टीलाई धम्की दिने, प्रहरी प्रशासनलाई दुरूपयोग गर्ने, राज्यलाई टुप्पीमा समाएर आफ्नो स्वार्थमा घुमाउने गरेकोले जनताको मागअनुसार पार्टीले यो कारबाही गरेको उनले प्रष्ट पारेका छन् ।
यो कारवाही पनि चेतावनीकै एउटा स्वरूप भएको उनको भनाई छ । तर तत्काल आफ्नो कमजोरी नसच्याएमा एनसेल देशबाटै बर्खास्त हुने चेतावनी महासचिव विप्लवले दिएका छन् । एनसेलमाथि कडारुपमा प्रस्तुत भएको नेपाल कम्युनिष्ट पार्टीको देशमा यति बेला आफ्नै सत्ता र जनसरकार छ ।
ओली-प्रचण्ड नेतृत्वको दुई तिहाई सरकारका बिरुद्ध नेकपा समानान्तर सत्ताको अभ्यास गरिरहेको छ । सरकार पिडित, दलाल पिडित र राज्यबाट न्याय नपाएकाहरु यतिबेला नेकपाको जनअदालतमा मुद्दा दर्ता गराईरहेका छन् । कतिपय मुद्दाहरु नेकपाको जनअदालतले समाधान गरेको पनि छ ।
तर एनसेलपछि अब नेकपाको टार्गेटमा अरु को-को छन् त ? यतिबेला धेरैको मनमा यो प्रश्न खडा भएको स्थिति पनि छ । भ्रष्ट, दलाल, कमिसनखोर र जनघाती-राष्ट्रघातीलाई देशबाटै लखेट्नुपर्छ भनेर नेकपाका नेताहरु भन्दै आएका छन । चरणचरणमा स्थानीय लेभलमा होस् या राष्ट्रिय ? यस्ता गतिविधि भइरहेका पनि छन् ।
यतिबेला नेकपा महासचिव विप्लवले प्रष्टसँग भनेका छन्- कारबाही एनसेललाई मात्र होइन, त्यसलाई संरक्षण गर्ने, ऊसँग साँठगाँठ गर्नेलाई पनि हुनुपर्छ । यसमा सबै सचेत भए हुन्छ । फेरि पनि हाम्रा प्रतिबद्धता छ कि देशलाई लुट्ने र जनताको रगतमाथि भ्रष्टाचार गर्ने तत्वहरूलाई कडा दण्ड दिनुुको विकल्प जनतासँग छैन । दलाल पुँजीवादी सत्तालाई समाप्त पार्नु र वैज्ञानिक समाजवाद स्थापनामा गर्नु सभ्य नागरिकहरूको अधिकार हो ।’
अर्थात् कमिशनको चक्करमा एनसेलको अरबौं घोटालालाई नजरअन्दाज गर्ने या ढाकछोप गर्ने कोसिसमा लागेका तत्वहरु पनि नेकपाको टार्गेटमा छन् । महासचिव विप्लवले एनसेलमाथि नेकपाले गरेको निर्णायक कारवाहीलाई बङ्ग्याएर आफ्नो पार्टीमाथि दमन गर्ने खेल खेले ठिक नहुने बताएका छन् ।
‘सरकारले जसरी एनसेलको खरब बराबरको अपराधलाई सहायक बनाएर बम विस्फोट र मृत्युलाई मुख्य बनाउन खोजेको छ, यो एकदमै दुराशयपूर्ण एवम् षड्यन्त्रपूर्ण छ । यस पहिले विभिन्न सञ्चारमाध्यममा एनसेलले पार्टी, नेता र कर्मचारीलाई अरबौँ घुस खुवाएर कर छली गरिरहेको, देशलाई लुट्दै उल्टै दम्भी फूर्ति हाँकिरहेको समाचार छापेकै थिए, जो सत्यको थिए ।’ उनले भनेका छन्- ‘यसलाई बङ्ग्याएर हाम्रो पार्टीमाथि दमन गर्ने जुन खेल सरकारले चाल्दै छ, यो केवल कमिसन खाइसकेका विभिन्न संस्था, व्यक्तिहरूको जनघाती, राष्ट्रघाती कूकर्मलाई ढाकछोप गर्ने र एनसेललाई बचाउने दुर्नियत मात्र हो । यसमा पार्टी एकरत्ति पनि विचलित हुनेछैन ।’
एनसेलमाथि कारवाही भएपछि महासचिव विप्लवले लेख्नुभएको आलेख जस्ताको तस्तै हेर्नुहोस्:
हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही ग¥यो । कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको निधन हुन पुग्यो भने अरू दुईजना घाइते हुन पुग्नुभयो । त्यसपछि जे–जस्ता प्रचार भएका छन्, स्पष्टताका लागि यो सङ्क्षिप्त आलेख तयार गरिएको छ ।
नेपालको अर्थतन्त्रमा एनसेलले लामो समयदेखि लुट मच्चाउँदै आएको आम जनतामा स्पष्ट नै छ । हालसम्म उसले सरकारी प्रमाणअनुसार पनि एक खरब बराबर कर छली गरिरहेको छ भने खरबौँ मुनाफा विदेश पलायन गरिसकेको छ । पार्टीहरूलाई घुस खुवाएर, नेताहरूलाई भ्रष्ट पारेर, कैंयन बेला न्यायक्षेत्रलाई समेत प्रभावमा पारेर आर्थिक भ्रष्टीकरणमा असीमित प्रकारले बढावा दिएको छ । एनसेलले यस्तो नगरोस् र उसलाई उचित कारबाही हुनुपर्छ भनेर पार्टीले सुरुदेखि नै भन्दै आएको थियो ।
समस्या हल गर्नुको सट्टा उल्टो जनसरकार र पार्टीलाई धम्की दिने, प्रहरी प्रशासनलाई दुरूपयोग गर्ने, राज्यलाई टुप्पीमा समाएर आफ्नो स्वार्थमा घुमाउने गरेकोले जनताको मागअनुसार पार्टीले यो कारबाही गरेको हो । यो कारबाही एउटा चेतावनीकै रूपमा हो । उसले कमजोरी नसच्याएमा देशबाटै बर्खास्त गर्नु सही हुनेछ । कारबाहीको क्रममा नख्खुको विष्फोटमा सिंहप्रसाद गुरुङ निर्दोष नागरिकको ज्यान गएको र दुईजना घाइते हुनुभएकोमा भने पार्टी गम्भीर भएको छ ।
कारबाहीमा कुनै नागरिकको ज्यानलाई क्षति नहोस् भन्नेमा पार्टी सचेत हुँदाहुँदै कारबाहीमा गुरुङजीको दुःखद् निधन हुनु र उरुषा खड्का, उरुशा मानन्धरहरू घाइते हुनु धेरै दुःखको कुरा हो । उहाँहरूको परिवारको दुःखमा संवेदना प्रकट गर्दछौँ । साथै, उहाँहरूको दुःखमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । आइन्दा कारबाहीमा यस्तो गल्ती हुन नदिन हामी हदैसम्म सतर्क हुनेछौँ भन्ने पनि अनुरोध गर्दछौँ । तर, राज्य सरकारले परिस्थितिबश एकजना नागरिकको मृत्यु भएको दुर्घटनालाई वहाना बनाएर देशलाई असीमित घाटा पु¥याइरहेको एनसेलमाथि गरिएको न्यायपूर्ण कारबाहीलाई अपराधसँग जोड्न खोजेको छ र क्रान्तिकारीमाथि दमन गर्न खोजेको छ ।
अर्काेतिर कान्तिपुरले हाम्रो कारबाहीलाई हिंसात्मक, गैर–कानुनी, अवैधानिक भन्दै यस्तो गर्न नपाइने, अस्वीकार्य भएको, राज्यको सुरक्षा प्रणाली कमजोर भएको, हामीलाई कारबाही गर्नुपर्ने भन्ने समाचार लेखेको छ भने नागरिकले चन्दा नदिएकोले बम हानेको भनेर समाचार छापेछ । यी सबै प्रचारहरू देश र जनताको अधिकार एवम् मुक्तिका लागि दिन–रात खटिरहेका क्रान्तिकारीहरूलाई बद्नाम गर्ने, दमन गर्ने, गराउने र एनसेलले गरेको खरबौँको लुटलाई रक्षा गर्ने षड्यन्त्रसँग सम्बन्धित छन् । यसप्रति भने सबै नागरिकहरूको ध्यान जान आवश्यक छ ।
एनसेल केन्द्रीय कार्यालयमा गरिएको विष्फोट कसैको ज्यान लिनेसँग सम्बन्धित कारबाही थिएन र होइन । सिंहप्रतापको कुरै नगरौँ, एनसेल व्यवसायी र कर्मचारीसम्मलाई नै पनि निशानामा राखिएको थिएन । सम्भवतः यो कुरा युद्धमा भाग लिएका, सैन्यज्ञान भएका, लडाइँको जानकारी राख्ने जो कसैले सहजै बुझ्ने कुरा हो । तथापि सिंहप्रतापको निधन हुनु र अन्य दुई नागरिकहरू घाइते हुनु दुःखद् कुरा पक्कै हो । तर, यो नितान्त परिस्थितिजन्य भवितव्य, कारबाही दललाई समेत अनुमान नभएको दुर्घटना भएकोलाई सबैले जस्ताको तस्तै बुझिदिनुपर्दछ ।
मृतक र घाइतेप्रति के सहयोग गर्न सकिन्छ, त्यसमा हाम्रो पार्टी तयार नै छ । तर, सरकारले जसरी एनसेलको खरब बराबरको अपराधलाई सहायक बनाएर बम विस्फोट र मृत्युलाई मुख्य बनाउन खोजेको छ, यो एकदमै दुराशयपूर्ण एवम् षड्यन्त्रपूर्ण छ । यस पहिले विभिन्न सञ्चारमाध्यममा एनसेलले पार्टी, नेता र कर्मचारीलाई अरबौँ घुस खुवाएर कर छली गरिरहेको, देशलाई लुट्दै उल्टै दम्भी फूर्ति हाँकिरहेको समाचार छापेकै थिए, जो सत्यको थिए ।
यसलाई बङ्ग्याएर हाम्रो पार्टीमाथि दमन गर्ने जुन खेल सरकारले चाल्दै छ, यो केवल कमिसन खाइसकेका विभिन्न संस्था, व्यक्तिहरूको जनघाती, राष्ट्रघाती कूकर्मलाई ढाकछोप गर्ने र एनसेललाई बचाउने दुर्नियत मात्र हो । यसमा पार्टी एकरत्ति पनि विचलित हुनेछैन ।
अर्को कुरा, एनसेलमाथि कारबाही भएपछि सुरुमा नागरिक पत्रिकाले चन्दा नदिएकोले बम विस्फोट गराएको भन्ने अत्यन्त घृणित एवम् अपराधिक समाचार छाप्यो । यसप्रति पार्टी गम्भीर भएको छ । राजनीतिक पार्टी त्यो पनि दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न चाहने पार्टीले चन्दा माग्ने नमाग्ने उसको पूर्ण अधिकार हो । त्यो मात्र होइन, जनसत्ता र जनसरकारसमेत बनिसकेको स्थितिमा नयाँ सत्ता र सरकारले कुनै पनि व्यवसायीलाई उसका समर्थक जनता र कार्यकर्तामा बजार चलाएबापत् करसमेत तोक्ने अधिकार राख्छ ।
साथै, एनसेलले जनसत्तालाई पनि उचित कर बुझाओस् भनेर जनसरकारले पनि आफ्नो नीति सार्वजनिक गरिसकेको हो । तर, चन्दाको कुरामा एनसेलले जनता र देशका विरुद्ध गरेको खरबौँको आर्थिक घोटाला, पुँजी पलायनलाई सघाउ पु¥याउने गरी नागरिकले विषयान्तरण गर्नु, त्यसमा पनि क्रान्तिकारी पार्टीलाई अवराधीजस्तो प्रचार गर्नु एनसेलको मतियारको चरित्र होइन ! नागरिकले यस्तो अपराधलाई रक्षा गर्ने र राष्ट्रको पक्षमा संघर्ष गर्ने शक्तिलाई अपराधी भन्न खोज्ने हो भने स्थिति के हो र के हुने हो ? त्यसैगरी, १३ गते कान्तिपुरले कर छली गर्नेलाई कारबाही गर्ने कानूनी निकाय छन्, अवैध तरिका र हिंसात्मक कारबाही स्वीकार्य हुन सक्दैन भनेर हाम्रो पार्टीविरुद्ध कारबाहीको माग गरेर समाचार र सम्पादकीय लेखेछ ।
कान्तिपुर कैलाश सिरोहियाले चलाएको, भारतको योजनामा प्रचार गर्ने र पैसा कमाउने पत्रिकामा बद्नाम हुँदै गएको छ । यसले नै हो एनसेलका विरुद्ध भ्रष्टाचार र कर छली ग¥यो भनेर अभियान चलाएको । त्यसबेला पनि प्रचार आएको हो, कान्तिपुरले माग गरेको करोडौँ एनसेलले नदिएपछि कान्तिपुर एनसेलविरुद्ध धोती कसेर निस्किएको हो ।
घटनाले के सावित गर्दैछ भने एनसेलले कान्तिपुरको मुखमा सायद गुलियो चटाइदिएको छ । त्यही गुलियोको स्वादमा उसले को बैध र को अबैध, कसलाई कारबाही गर्ने अधिकार छ र कसलाई छैन, कुन कारबाही स्वीकार्य छ र कुन छैन भनेर वक्वक् गर्न पुगेको छ । कान्तिपुर, नागरिकले के बुझ्नु राम्रो हुन्छ भने हाम्रो पार्टीको कारबाही कर छली र भ्रष्टाचारको पैसा बाँडिखान नपाएको झोकमा पत्रिका रङ्ग्याउने र भाग पाएपछि कालोलाई सेतो र सेतोलाई कालो लेखेजस्तो मिडिया तस्करी गर्ने धन्दा होइन ।
प्रायः पार्टी, नेताहरूले पैसा खाएर एनसेल, ठूलो जहाज, बुढीगण्डकी, माथिल्लो कर्णाली, अरुण तीनलगायतका दर्जनौँ राष्ट्रघाती कार्यमा प्रायः पार्टी र उनीहरूका नेताहरूले अरबौँ, करोडौँ खाएर मुखमा बुजो लगाएर बसेको कान्तिपुर, नागरिकलाई थाहा छैन !? अनि उनीहरूबारे केही व्यङ्ग्य गरेर आफ्नो स्वार्थ पूरा गर्न मात्र मिल्छ ? ‘जो मूली उही सूली’ भएपछि तिनलाई कारबाही कसले गर्ने हो त ? उनीहरूको जनघाती, राष्ट्रघाती कार्यले देश र जनतालाई पु¥याएको क्षतिप्रति को जवाफदेही हुन्छ ? के देश नै डुब्दा पनि पत्रिकाको प्रचार सुनेर चुपचाप दुलोमा लुकेर सम्भव हुन्छ !
बीबीसीले प्रश्न गर्दा सोध्यो कि दुःख व्यक्त गरेर, गल्ती भयो भनेर गएको ज्यान फिर्ता आउँछ ? हाम्रो भनाइ ज्यान फिर्ता आउँछ, ज्यान जानु ठूलो कुरा होइन, जे भयो होस् भन्ने कदापि होइन । हामीले कमजोरीहरूलाई सच्याउनैपर्छ तर बीबीसीले पनि के बुझ्न जरुरी छ भने एनसेलले खरबौँ नेपाली जनताको पैसा लुट्दा, भ्रष्ट तत्वहरूले देशमाथि दर्जनौँ राष्ट्रघात गर्दा कति नेपालीको जीवन गयो ? एकजना होइन, हजारौँको ज्यान गएको छ , हाम्रो त दुःखद् दुर्घटना हो तर एनसेल र भ्रष्ट तत्वहरूको त हाकाहाकी हमला हो, के ती गरिब नेपालीको ज्यान फिर्ता आउँछ त ?! के देश नै बर्बाद भयो अनि देश फर्केर आउँछ त ? सारा देश टाट पल्टिँदा के फर्केर आउँछ त ? पक्कै पनि आउँदैन ।
हामी देश र जनताप्रति पूरै इमानदार छौँ र क्रान्ति केवल उनीहरूकै लागि हो । संघर्षमा केही गल्ती हुन्छन् भने त्यसलाई सच्याउँछौँ तर के एनसेल र भ्रष्ट तत्वहरू देश र जनताप्रति इमानदार छन् ? के उनीहरूले जानीबुझी अपराध गरिरहेका छैनन् ? अनि वास्तविक अपराधीभन्दा हामीलाई समस्या बनाउन मिल्छ ? हामी प्रष्ट भन्छौँ, जसले जे भने पनि अपराधीलाई छुट दिँदैनौँ र दिनुहुँदैन ।
कारबाही एनसेललाई मात्र होइन, त्यसलाई संरक्षण गर्ने, ऊसँग साँठगाँठ गर्नेलाई पनि हुनुपर्छ । यसमा सबै सचेत भए हुन्छ । फेरि पनि हाम्रा प्रतिबद्धता छ कि देशलाई लुट्ने र जनताको रगतमाथि भ्रष्टाचार गर्ने तत्वहरूलाई कडा दण्ड दिनुुको विकल्प जनतासँग छैन । दलाल पुँजीवादी सत्तालाई समाप्त पार्नु र वैज्ञानिक समाजवाद स्थापनामा गर्नु सभ्य नागरिकहरूको अधिकार हो