सिड्नी ।
बुधबार दिउसो ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाउनुहुने नेपाल सरकारका संस्कृति तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित अन्य ७ सवार यात्रुको निधन प्रति गैर आवासिय नेपाल संघले समबेदना प्रकट गरेको छ ।
गैर आबासीय नेपाल संघका प्रबक्ता भुषण घिमिरे द्वारा जारी शोक बक्तब्यमा दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रदान्जली ब्यक्त गरेको छ ।
जारी शोक बक्तब्यमा मन्त्री अधिकारी आसा लाग्दा नेता र गैर आबासीय नेपाल संघ संग निकट रहेको र मन्त्रीको सुरुबाती काल देखी नै नेपालको पर्यटन बिकासमा ठुलो फड्को मारेको समेत ब्यक्त गरिएको छ ।
उक्त हेलि दुर्घटनामा मन्त्री अधिकारी सहित पर्यटन व्यवसायी तथा यति एयरलाईन्सका निर्देशक आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया र पाईलट प्रभाकर केसीले ज्यान गुमाएका छन् ।








