सिड्नी ।
अष्ट्रेलियाको सिड्नीमा लामो समय देखी बस्दै आएका युबाको टिमले बनाएको चलचित्र ‘कागजपत्र’को ट्रेलर हालै सार्बजनिक गरिएको छ ।अपिल विष्टको निर्देशन रहेको चलचित्र ‘कागजपत्र’को ट्रेलरमा पछिल्लो समय बढ्दै गइरहेको अस्ट्रेलिया मोहको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अस्ट्रेलिया जानको लागी गरिएको नक्कली बिहे देखि उमेरको अन्तर लगायतको कुरालाई देखाइएको छ । चलचित्रमा अभिनेता नाजिर हुसेन एक जग्गा दलालीको भूमिकामा देखिएका छन् भने नायिका शिल्पा मास्के र कलाकार भोला सापकोटा विदेश जानको लागी नक्कली विवाह गरेको देखाइको छ ।
चलचित्रमा नाजिर, शिल्पा र भोलाको साथमा सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायाङ्कन, वसन्त सापकोटा, सङ्गीत सापकोटा, हर्कुलस बस्नेतको सङ्गीत छ ।