काठमाडौं,२६ माघ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लागेको छ । निर्मला हत्याको ६ महिनापछि प्रहरीले हत्यारा पत्ता लगाउन सफल भएको बताइको छ । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक र दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको बताइएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरुको डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका थिए ।
यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ । यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बताएको छ
केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने’ बताएका थिए । निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।