मेलबर्नमा टी १० क्रिकेट प्रतियोगिता हुँदै, विजेताले तीन लाख पाउने

मेलबर्न ।
भिक्टोरियन नेप्लिज क्रिकेट एशोसियशनको आयोजनामा अष्ट्रेलियाको मेल्वर्नमा टी १० क्रिकेट प्रतियोगिताको हुने भएको छ। आगामी फागुन १२ गते मेलबर्नमा टी १० प्रतियोगिता हुने भएको हो।

यसअघि वन डे टी ट्ववान्टी प्रतियोगिता गराइरहेको भिएसनसीले यसपटक टी १० स्वरुपमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिता उत्साहजनक बनाउन नयाँ स्वरुपमा म्याचको आयोजना गरिएको राष्ट्रिय क्रिकेट टोली नेपालका पूर्व खेलाडी एवं भिएनसीका अध्यक्ष यश्वन्त सुवेदीले बताए।‘प्रतियोगिता उत्साहजनक बनाउनका लागि हामीले नयाँ स्वरुपमा गेम आयोजना गरेका हौँ,’ उनले भने।

मेलबर्नमा पहिलोपटक हुन लागेको टी १० प्रतियोगिताको पुरस्कार राशी तीन लाख रुपैयाँ रहेको छ। प्रतियोगितामा आठ वटा नेपाली क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष सुवेदीले जानकारी दिए। खेलको मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन रहेको छ। प्रयितोगिताको उद्घाटन खेल स्थानीय टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशासरण हुने आयोजकले बताएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।