काठमाडौं- पूर्वयुवराज पारस शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको छाती दुख्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। नर्भिकको आकस्मिक कक्षमा भर्ना भएका उनलाई मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको निगरानीमा उपचार भइरहेको छ।अस्पताल स्रोतका अनुसार पासरलाई देखिएको लक्षणका आधारमा उनलाई माइनर हृदयाघात भएको हो। उनको आवश्यक जाँच भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ।
यसअघि उनलाई दुईपटक हृदयाघात भएको थियो। त्यसबेलै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ।