अख्तियारले निकिता पौडेललाई पत्र काट्दै

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अख्तियारले पत्र काट्ने तयारी गरेको छ । स्रोतका अनुसार बोर्डको अध्यक्ष बन्न उनले ठूलो रकम खर्चिएको भन्ने कुराहरु यसअघि नै आएकाले यसबारेमा छानबिन गर्न पौडेललाई अख्तियारले पत्र काट्न लागेको हो ।हल सञ्चालक तथा चलचित्र निर्मात्री पौडेल बोर्डको अध्यक्ष नियुक्त भएसँगै उनीबारे अख्तियारमा उजुरी परेको थियो । तत्कालिन् सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पौडेलबाट ठूलो आर्थिक लाभ लिएर उनलाई अध्यक्ष बनाएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारले पनि यो विषयमा वास्तविकता के हो भनेर छानबिन गर्नेगरि बोर्डकी अध्यक्ष पौडेललाई पत्र काट्न लागेको हो ।
रिपोटर्स नेपालबाट

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।