बाबुरामको कटाक्ष – “काले काले मिलेर खाउँ भाले”

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवम नँया शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले देशका ठूला भष्ट्राचारका काण्डहरुमा ठुला राजनीतिक दलकै नेताहरुको संलग्नता रहने कुरा पुष्टि भएको बताएका छन्।आईतबार आफ्नो ट्वीटर एकाउन्टमार्फत ट्वीट गर्दै डा.भट्टराईले देशका अरबौंका ठूला भ्रष्टाचार काण्डहरूमा ठूला दलका ठूला नेता नजिकका कमिशन एजेण्टको सेटिंगको प्रमुख भूमिका रहेको प्रष्ट भएको बताएका हुन्।

पछिल्लो समय वाईडबडी घोटाला प्रकरण सेलाऊँदै गएको भन्दै ‘काले काले मिलेर खाउँ भाले’ प्रवृत्तिले काम गरेको अनुमान गर्न सकिने उनको भनाई छ। यस अघिपनि डा.भट्टराईले वाईडबडी खरिद प्रकरणमा दोषी ठहर भएकाहरुले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका थिए।

वाईडबडी घोटाला प्रकरणबारे छानबिन गर्न गठित संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गर्दै विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिस गरेको थियो

मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी ,पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका जितेन्द्र नारायण देव, पूर्वमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका जीवनबहादुर शाही लगायत अन्य थुप्रैलाई उपसमितिले कारबाहीको सफिरिस गरेकोमा सरकारले पुन न्यायिक छानविन समिति गठन गरेर छानबिन अगाडी बढाएको हो।

यहि प्रसंगमा डा.भट्टराईले लेखेका छन् : “देशका अरबौंका ठूला भ्रष्टाचार काण्डहरूमा ठूला दलका ठूला नेता नजिकका कमिशन एजेण्टको सेटिंगको प्रमुख भूमिका रहेको प्रष्टै छ! वाइडवडीमा केही दिन यता शिथिलता आउनुमा यही ‘काले काले मिलेर खाउँ भाले’ प्रवृत्तिले काम गरेको अनुमान गर्न गाह्रो छैन!भ्रष्टाचारको पहाड खन्ने अभियान जारी राखौं!…

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।