कृषिको आधुनिकरणले मात्र देश समृद्ध बन्छ : मन्त्री लामा

भरतपुर पुस १५ । प्रदेश न ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषि क्षेत्रको बिकासको लागि प्रदेश सरकार लागी परेको बताएका छन् । कृषिको पकेट क्षेत्र मानिएका क्षेत्र निर्धारण गरि कृषि आधुनिकरणमा जोड दिने गरि प्रदेश सरकार लागेको उनको भनाइ छ ।

भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति माबिको धान्याञ्चलमा बोल्दै उनले कृषिलाइ यान्त्रिकीकरणको मार्फत विकास गर्नुपर्नेमा जोड दिए । “कृषि क्षेत्रको आधुनिकरणले रोजगारी सृजना गर्न सकिन्छ, उत्पादित कृषि उपजका बस्तु बजारीकरणमा सहज गर्दै छौ ।” उनले भने,“कृषिमा रहेको बिचौलिया प्रथालाइ निर्मुल पारि किसान र सरकार बीचको समन्वयमा मूल्य तोक्ने गरि व्यवस्था गर्ने योजना छ ।”

पर्यटन, कृषि, सस्कृति, जडिबुटी लगाएत हरेक क्षेत्रमा प्रदेश धनी भएपनि साधनको समुचित प्रयोग गर्नमा लाग्नुपर्ने उनले बताए । उनले भने “आधारभूत तहका कक्षा देखि नै कृषिका बारेमा पढाउनु पर्छ, जग बलियो भए मात्र घर बलियो हुन्छ ।”
कृषिका सम्भावनाको खोजी गरि रोजगारीको सृजना स्थानीय स्तरबाट हुनु जरुरि रहेको उनको तर्क छ । उनले आधारभूत तहको शिक्षामा नेपालका हरेक सम्भावनाको बारेमा बिद्यार्थीलाइ अध्ययन गराउनु जरुरि रहेको बताए ।
सहिद स्मृति माबिको भौतिक विकासको लागि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्दता जनाए । महायज्ञका प्रवक्ता भगिरथ तिमिल्सेनाका अनुसार महायज्ञमा लक्ष्य अनुरुप आर्थिक संकलन भएको छ ।

पुस १३ गते सम्म भनिएको महायज्ञमा सहभागीको बाक्लो उपस्थिती भएपछी २ दिन समय थप गरिएको थियो । भरतपुर ६ पारसनगरमा रहेको ८ कठ्ठा क्षेत्रफलमा फैलिएको बिद्यालयमा भुकम्प प्रतिरोधी भवन एबम जग्गाको अभाब छ । स्वर्ण महोत्सबको अबसरमा आफ्ना भाबि सेवालाई समय सापेक्ष गुणस्तरिय एवं प्रभाबकारी बनाइ बिद्यालयको भौतिक संरचना निर्माण गरि कक्षा ११÷१२ र प्राबिधिक शिक्षाका कक्षा संचालनका लागि आर्थिक संकलन गर्न महायज्ञ आयोजना भएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।