जितेर पनि हारेका रबि ओड

नेपाल आइडल सिजन २ का शिर्ष बिजेता  रवि ओडको जितमा नेपालमा सबै खूसि छन् । सुदुरपश्चिमको भएका कारण पनि उनको समर्थनमा धेरैले भोट दिए र उनि बिजेता बनेका थिए । उपाधि जितेको साता नबित्दै उनले आमा गुमाउनु परेपछि अहिले चियागफको बिषय बनेको छ ‘जितेर पनि हारेका रबि ओड’ ।

रबिको आमाको बुधबार विहान करेन्ट लागेर मृत्यु भएको हो । मंगलबार राति ९ बजे करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णाको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषण गरेको हो ।

उनी रविकी कान्छी आमा भएको र उनलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख कुबेर कडायतले रातोपाटीलाई जानकारी दिए ।

गत पुस ६ गते (शुक्रबार) ओड नेपाल आइडल–२ का विजेता बनेका थिए । हिजो मात्रै गृहजिल्ला पुगेका ओडलाई भव्य स्वागत तथा सम्मान समेत गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।