१९ पुष,काठमाण्डौ ।
संसद विघटनविरुद्ध आन्दोलित नेपाली काँग्रेसले प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकमा आन्दोलनको दोस्रो चरणको कार्यक्रम प्रस्तावित भएको छ । पदाधीकारीको बैठकले कार्यक्रम तय गरेर केन्द्रीय समितिमा पेश भएको छ । यस अघि उसले देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।
प्रदेशको ३३० निर्वाचन क्षेत्रमा आन्दोलन हुने नेताहरुले बताए । त्यस्तै यसअघि क्रियाशील सदस्यता वितरणको समय मंसिर मसान्तबाट बढाएर माघ मसान्तसम्मलाई थप गरिएको छ । बैठकले माघ ३ गते ७५३ गाउँपालिका, माघ ८ गते ६७४३ वडामा संसद विघटनको विरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटनविरुद्ध काँग्रेसले एक्लै प्रदर्शनको निर्णय लिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।







