११ पुष,काठमाण्डौ ।
नेपालमा चिसो अत्याधिक मात्रामा बढेको छ । शनिबार बिहान राजधानीको तापक्रम २ डिग्रीमा आएको मौसम बिज्ञान बिभागले जनाएको छ । जुन अहिले सम्मकै सबैभन्दा चिसो हो । आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक बदली रहने सम्भावना छ ।त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिक देखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।File photo






