टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेका युवकको मृत्यु

६ पुष,काठमाण्डौ ।
शनिबार दाङमा टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका २४ वर्षीय रमेश थापा मृत्यु भएको छ । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् । मृतक थापा शनिबार बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक बबई नदिमा रहेको झोलुङ्गे पुलबाट टिक-टक बनाउने क्रममा खसेका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।