गौतमबुद्ध कप क्रिक्रेटमा बागमती र राप्तीबीच प्रतिस्पर्धा हुने

२८ मंसिर,काठमाण्डौ ।
बागमती प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजनामा हिजो देखि सुरु भएको गौतमबुद्ध कपमा आज दोस्रो खेल हुँदैछ । आज हुने खेलमा बागमती र राप्तीबीच प्रतिस्पर्धा हुँदैछ । राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने बागमतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् ।शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाईनल खेल खेल्नेछन् । राप्तीको आजको खेल पहिलो हो भने बागमती हिजो नारायणीसँग सुपर ओभरमा पराजित टिम रहेको छ । धुर्मुस सुन्तली फाउण्डेशनको नेतृत्वमा जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । फाइनल पुग्न बागमतीलाई आजको खेल जित्ने पर्ने दबाब रहेको छ । राप्ती एक खेल अगावै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छ । प्रतियोगितामा वाग्मती, नारायणी र राप्ती गरी तीन टिमको सहभागिता रहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।