२५ मंसिर,काठमाण्डौ ।
कतार सरकारले नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार सहयोग स्वरुप प्रदान गरेको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् ।
सहयोगार्थ कार ग्रहण पछि परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । यसअघि मन्त्रिपरिषद बैठकले कतार सहयोग स्वरुपले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो । तस्विर रातोपाटी






