कोरोना कहर बिच मिस नेपालको घोषणा

२१ मंसिर,काठमाण्डौ ।
नेपालमा कोरोना भाईरसको संक्रमणले आक्रान्त पारेको समयमा पन मिस नेपालको नयाँ संस्करण सम्पन्न भएको छ । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठले जितेकी छिन् । बिगतका संस्करणहरुमा मिस नेपालको आयोजना भब्य रुपमा हुने गरेका थिए । महिनौ दिन देखि नै मिस नेपालको गतिबिधिहरु प्रचार गरिएका हुन्थे यस पटकको संस्करण गुपचुमै घोषणा गरिएको अधिकांसलेफेसबुकमाप्रतिकृयादिएकाछन्। ।नम्रताले २० जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकि हुन् । निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छु भनेर सोधिएको थियो । त्यसको जवाफमा नम्रताले नेपाली महिला सकारात्मक सोचको हुने र त्यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिईन् । यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले जितेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।