विवाह बन्धनमा बाँधिदैँ अभिनेत्री श्वेता खड्का

१८ मंसिर,काठमाण्डौ ।
अभिनेत्री श्वेता खड्काले यहि मंसिर २२ गते दोस्रो विवाह गर्ने भएकी छिन् । उनले धनगढीका विजयन्द्र सिहं रावतसँग लगनगाँठो कस्न लागेकी हुन् । उनीहरुले गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गर्न लागिको विवाह र्काडमा उल्लेख छ । विवाहमा दुई परिवार निकट सदस्यको मात्र उपस्थिति हुनेछ । यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन् । चलचित्र कहाँ भेटिएला बाट रजतपटमा प्रबेश गरेकी श्वेताले यसअघि उनले २०७१ साल असार २३ गते स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा भारतमा मृत्यु भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।