६ मंसिर,काठमाण्डौ ।
नेकपा अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डकी नातिनि स्मिता दाहालको नयाँ गीतमा अभिनेता राजेश हमाल देखिएका छन् । हमाल निकै छनौट गरी काम गर्ने अभिनेता हुन् ।
स्मिताका केहि गीत चर्चित भए पनि उनी गीतले भन्दा ‘प्रचण्डको नातिनी’को हिसाबले चिनिएकि छिन् । यसैबिच स्मीता दाहालले नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक गरेकि छिन् ।
स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा हमालको अभिनय रहेको छ । भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा देखिएका छन् ।
सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ । गीतमा सुनिल क्षेत्रीको कोरियोग्राफी,नवराज उप्रेतीको छाँयाकन रहेको छ भने भिडियोलाई सरोज ओलीको निर्देशन गरेका हुन् । सो गीत युट्युबमा सार्बजनिक छ ।








