काठमाडौं,१४ कार्तिक । इङ्गलिस क्लबहरु आर्सनल र लेष्टर सिटी विजयी हुँदा टोटनह्याम हट्सपर युरोपा लिग फुटबलमा पराजित भएको छ । बिहिवार राति भएको समुह ‘बि’ को खेलमा आर्सनलले आयरल्याण्डको फुटबल क्लब डुन्डाल्कलाई ३–० ले पराजित गरेको छ । यसैगरी अर्को इंग्लीश क्लब लेष्टर सिटीले ग्रिसको एइके एथेन्सलाई उसैको मैदानमा २–१ ले हरायो। गएराति टोटनह्याम
हट्सपरलाई भने बेल्जीयमको रोयल एन्ट्रेपले १(० ले हरायो । युरोपा लिगकै अर्को खेलमा इटालीको एएस रोमालाई बुल्गेरियाको सोफियाले गोलरहित बराबरीमा रोक्यो । यसैगरी चेक रिपब्लिकको स्लाभिया प्रागले जर्मनीको बायर लिभरकुजेनलाई १–० ले हराउँदा पोर्चुगलको बेनिफिकाले बेल्जीयमको स्टाण्डर्ड लेइजलाई ३-० ले पराजित गरेको छ । स्कटल्याण्डको रेन्जर्स, इटालीको नापोली र एसी मिलान, स्पेनको भियारियाल तथा जर्मनीको वुल्फवर्ग र होफेनहाइम पनि गएरातिका खेलहरुमा विजयी भएका छन् ।







