४ कार्तिक,काठमाण्डौ ।
‘नेपाल घुम्नै नहुने ७ कारण’ भन्दै भारतीय युवतीले नेपालको अनौठो तरिकाले प्रचार गरेकी छन् । दुई दिनयता सामाजिक सञ्जालमा उनले बनाएको भिडिओ भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ। मानसीले उक्त भिडिओमा ‘नेपाल घुम्नै नहुने ७ कारण’ उल्लेख गरेकी छन् । आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि
नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा-बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।’ उनले आफ्नो भिडिओ अन्तिमसम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडिओ उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ । यसको पूरा कुरा बुझ्न पूरा भिडिओ नै हेर्नुपर्नेछ। मानसी धेरै अवार्ड पाउने मोटिभेसनल स्पीकर हुन् जो टेड-एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन् ।
भिडियो हेर्नुहोस्ः







