८ आश्विन,काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा थप जिम्मेवारी नदिन बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले बामदेवलाई तत्काल संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।
आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने भदौ २९ को निर्णय र राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।







