एजेन्सी ।
‘सर्च इन्जिन गुगल’ मा कोरोना महामारिको अपडेट हेर्ने भन्दा पनि बार्सिलोनाका कप्तान लियोनल मेस्सीको खोजी बढि भएको छ । गुगलको सर्बाधिक खोजी सुचीमा मेस्सीले विश्वब्यापि माहामारीको रुपमा रहेको कोरोनालाई समेत पछि पारेका हुन् । पछिल्लो समय स्पेनी क्लब बार्सिलोना छाड्ने चर्चासंगै गुगल सर्च ईन्जीनमा मेसीलाई खोज्नेको संख्या आकासिएको हो ।
अर्जेन्टिनाका ३३ वर्षीय मेस्सीले मंगलबार साँझ क्लबलाई फ्याक्स पठाउँदै क्लब छोड्ने वातावरण मिलाइदिन अनुरोध गरेका थिए । छ पटकका बालोन डी‘ओर विजेता मेस्सीलाई खोज्नेको संख्या कोरोना भाइरसको अपडेट हेर्नेको भन्दा २ प्रतिशतले बढि रहेको छ । गुगलमा प्रयोगकर्ताले कोरोना भाइरसलाई ८७ प्रतिशतले खोजेका छन् भने मेस्सीलाई ८९ प्रतिशतले खोजेका छन् । पछिल्ला ७ दिनमा स्पेनमा मेस्सीको लोकप्रियता ८२ प्रतिशतले बढेको समाचार स्रोतले जनाएको छ । Photo:Google







