एजेन्सी ।
बलिउड अभिनेता सञ्जय दत्तलाई हालै फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएको छ। उनी क्यान्सरको उपचार गर्न चाँडै आफ्नो कामबाट ब्रेक लिने तयारीमा रहेका छन्। समाचार स्रोतका अनुसार सञ्जय फिल्म सडक-२ को डबिङको अलिकति काम सकेर मात्र ब्रेक लिने बताएको छ । गत साता सञ्जयलाई श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका थिए।
केही दिनमै उनी डिस्चार्ज पनि भए। अस्पतालबाट घर आएपछि उनले आफ्ना शुभचिन्तकहरूलाई आफ्नो बारेमा धेरै चिन्ता नलिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए।
सञ्जयले हालसम्म आफ्नो रोगका बारेमा आधिकारिक जानकारी भने दिएका छैनन् । उनकी श्रीमती मान्यता दत्तले भने सञ्जय सधैं दुःखमा लड्ने र विजयी हुने मान्छे भएको भन्दै धेरै अफवाहहरूमा ध्यान नदिन बताएकी थिइन्। सञ्जय दत्तकी श्रीमती मान्यता दत्त निर्माता पनि हुन् । File Photo : Google







