१० करोडको मागदाबी सहित भुवन केसीले गरे साम्राज्ञी शाहबिरुद्द मुद्दा

१० साउन,काठमाण्डौ ।
अभिनेता तथा निर्मता भुवन केसी र नायिका साम्राज्ञी शाहको आरोप प्रत्यारोपको काण्ड काठमाण्डौ जिल्ला अदालत पुगेको छ । शुक्रबार अभिनेता केसीले साम्राज्ञी बिरुद्द गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै भुवन केसीले आफूलाई चलचित्रको छाँयाकन लगायतका समयमा दुव्र्यवहार गरेको दावी गर्दै पटक पटक सामाजिक संजालमा लाईभ भिडियो सार्बजनिक गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।

यि दुई बिचको बिबाद कलाकार संघमा समेत पुगेको थियो । दुबै जनाले आरोप-प्रत्यारोप लगाउदै निबेदन दिएका थिए । चलचित्र कलाकार संघले सामान्य प्रेस बिज्ञप्ती बाहेक अरु केहि गर्न सकेन र अन्ततःकाण्ड अदालत पुगेको हो ।सम्भवतः गाली बेईज्जतीको केसमा यति ठुलो रकम मागसहितको मुद्दा चलचित्र क्षेत्रका लागि यो नै पहिलो हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।