सुशान्त राजपुतको विषयमा चलचित्र बन्ने

७ साउन,काठमाण्डौ ।
पछिल्लो समय बलिउडमा सुशान्त सिंह राजपुतले आत्महत्या गरेसंगै विभिन्न विषयमा बहस हुन् थालेको छ । सुशान्तको आत्महत्यालाई लिएर बलिउडकर्मी बीचनै विभिन्न बहस भइरहदा यसै विषयमा चलचित्र बन्ने भएको छ । सचिन तिवारीको अभिनय रहने फिल्मको नाम ‘सुसाइड ओर मर्डर: अ स्टार वाज लस्ट’ रखिएको छ ।शामिक मौलिकको निर्देशनमा तयार हुने फिल्ममा एक सामान्य व्यक्तिले बलिउडमा पाइला टेक्न गर्नु पर्ने संघर्षलाई देखाइनेछ । टिकटक मार्फत चिनिएका सचिनले फिल्ममा सुशान्तको भूमिका निर्वाह गर्नेछन् । विजय शेखर गुप्ता को प्रोडक्शनमा तयार हुने फिल्मको छायाँकन अवस्था सामान्य भएसंगै सुरु हुनेछ । चलचित्र सुशान्तको वायोपिक नरहेको प्रस्ट्याउदै घटनाक्रमसंग प्रेरित मात्र रहेको निर्देशक शामिकले बताएका छन् । (एजेन्सी)

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।