बलिउड कलाकार साइबर बुलिङविरुद्ध एकजुट हुदै

एजेन्सी : सोसल मिडियामा बलिउड सेलेब्सको ट्रोल बनाइन्छ। यति मात्रै नभएर धम्कीसमेत आउँछ। बलिउडका धेरै सेलिब्रिटी साइबर बुलिङको सिकार भएका छन् । उनीहरूलाई बलात्कार, एसिड एट्याकसम्मका धम्की आएका छन् । अहिले आएर साइबर बुलिङविरुद्ध पूरा बलिउड एकजुट हुन थालेको छ ।सोसल मिडिया ‘इन्डिया एगेन्स्ट एब्युज’ ट्रेन्डिङमा पनि आएको छ। सोनम कपुर, कल्की, दिया मिर्जा, कोंकणा सेन शर्माजस्ता कयौं सेलिब्रिटीले साइबर बुलिङविरुद्ध आवाज उठाएका छन्। यति मात्रै होइन, अरूहरूलाई पनि यसमा सामेल हुन आग्रह गरेका छन्। यही क्रममा एक अनलाइन परीक्षण पनि सुरु गरिएको छ। यसको लक्ष्य महिलाविरुद्ध सोसल मिडियामा भइरहेको साइबर बुलिङ रोक्नु हो।

साइबर बुलिङविरुद्ध सोनम कपुरले ट्विटमा लेखेकी छन्, ‘अब अति भयो, अब यस्ता व्यक्तिविरुद्ध उभिने समय आएको छ जो सधैं अनलाइनमा महिलालाई ट्रोल गर्छन्, दुःख दिन्छन् र गाली गर्छन्।’ यो ट्विटमा सोनमले ‘इन्डिया एगेन्स्ट एब्युज’सँग जोडिने कुरा पनि गरेकी छन्।

सोसल मिडियामा यो आन्दोलन सकारात्मक देखिएको छ। सेलिब्रिटीबाहेक सर्वसाधारण पनि यो आन्दोलनसँग जोडिन थालेका छन्। केही समयदेखि सोसल मिडियामा बलिउड स्टारलाई जमेर ट्रोल गरिन थालेको छ। यो लिस्टमा सोनम कपुर, सोनाक्षी सिन्हा, स्वरा भास्कर, आलिया भट्टजस्ता कलाकारको नाम पनि सामेल छ। हालै नेपोटिज्मलाई लिएर पनि उनीहरूलाई ट्रोल बनाइयो । एजेन्सी,photo : Google / BBC

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।