नेपालमा ४५ दिने शिशुमा कोरोना पुष्टी

१६ असार,काठमाण्डौ ।
नेपालमा ४५ दिनको नबजात शिशुमा समेत कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सोमबार शिशुको शल्यक्रिया गर्नुअघि कोरोनाको स्वाब परिक्षण गर्ने क्रममा सो पुष्टी भएको हो ।म्याग्दी स्थायी घर भएका शिशुको शल्यक्रिया गर्नुअघि अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले बताए ।श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । ‘श्वासप्रश्वासमा समस्या देखिएपछि रिपोर्ट नकुरिकन सुरक्षा सतर्कता अपनाएर शल्यक्रिया गर्यौं,’ डाक्टर दासले भने, ‘आज बिहान रिपोर्ट पोजेटिभ आयो ।’सोमबार मात्र ललितपुरको अढाइ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पनि मेडसिटी अस्पतालमा शल्यक्रिय गर्नुअघि स्वाब संकलन गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।