२७ जेठ,काठमाण्डौ ।
संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाको राजिनामाको माग गरिएको छ । उनी माथि नीतिगत भ्रष्टाचारको आरोप समेत लागेको छ । बिद्युतीय सवारी साधन र चकलेट आयातमा नीतिगत भ्रष्टाचार गरेको भन्दै संसदमा राजिनामा माग गरेका हुन् ।नेमकिपाका सांसद प्रेम सुवालले उनको राजिनामा माग गरेका हुन् । नेकपाकै सांसदहरुले समेत खतिवडाको आलोचना गरेका छन् ।
भिम रावल, नवीना लामा लगायतले समेत समेत केही दिनअघि खतिवडाको चर्को आलोचना गरेका थिए । बिशाल ग्रुपलाई फाइदा हुने गरी भन्सार दररेटमा बजेटमा हेरफेर गरेको आरोप मन्त्री खतिवडालाई छ । जवाफमा अर्थमन्त्री खतिवडाले बिद्युतीय गाडीमा लगाइएको करबारे छलफल गर्न सकिने बताएका छन् ।






