भारतीय दुताबास पुगे गोकुल बाँस्कोटा

२३ जेठ,काठमाण्डौ ।
बिबादित पुर्बमन्त्री गोकुल बाँस्कोटा लैनचोर स्थित भारतीय दुताबास पुगेर राजदुत बिनयमोहन क्वोत्रा संग भेट गरेका छन् । राजनितिमा बाँस्कोटाको शक्ति नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निकटतम र विस्वास पात्र भने हुन् । गोकुल बाँस्कोटाले क्वोत्रा संग करिब २ घण्टा भेटघाट गरेको र दुई देश बिचको सीमा बिबादका बारे छलफल गरेको बुझिएको छ । यद्दपी यसलाई भारत संगको लम्पसारबादका रुपमा अहिले बाँस्कोटाको आलोचना सुरु भएको छ । बास्कोटाले आफुले सरकारी प्रतिनिधिभन्दा पनि सत्तारुढ दलको सांसदको हिसावले भारतीय राजदूत क्वात्रासँग भेटेर एक डेढ घण्टा छलफल गरेको स्वीकार गरेका छन् । केही दिनअघि भारतीय दूतावास नै गएर बास्कोटाले राजदूतसँग भेटवार्ता गरेका थिए, जसबारे चर्चा भइरहेका छ ।
‘भेट भएपछि एक डेढ घण्टा कुराकानी हुने नै भयो, नेपाल–भारत सम्बन्धका बहुपक्षीय आयामका बारेमा विचार, दृष्टिकोण आदानप्रदान भयो’, बास्कोटाले प्रतिकृया दिएका छन् ।

भारतले करिब ६ महिनाअघि नेपालको कालापानी क्षेत्रसमेत आफ्नो नक्सामा राखेपछि काठमाडौंले त्यसको विरोध गर्दै सीमा वार्ताको प्रस्ताव गरेको थियो । त्यसपछि झन् नेपालको भूभाग नै मिचेर बनाइएको बाटो उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले यिनै राजदूत क्वात्रालाई बोलाएर विरोध जनाउँदै ‘कुटनीतिक नोट’ दिएको थियो ।भारतले दार्चुला जिल्लाको नेपाली भूभाग हुँदै लिपुलेकबाट तिब्बतको मानसरोवर पुग्ने सडकको ट्रयाक उद्घाटन गरेपछि नेपालले कालपानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको छ, जस अनुसार निशान छाप परिवर्तन गर्न संविधान संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंह र सेनाका प्रमुखले चीनतिर संकेत गर्दै ‘अरु कसैको उक्साहट’ मा नेपालले त्यस्तो निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।नेपालले सीमा समस्याको समाधान खोज्न बारम्बार परराष्ट्र सचिव तथा मन्त्री तहमा वार्ता गर्न राखेको प्रस्ताव भारतले पन्छाउँदै आएको छ। पछिल्लो सयम कोभिड–१९ को महामारीपछि वार्ता गर्ने जनाएको भारतीय पक्षले अहिले आएर भने ‘सकारात्मक वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताउँदै आएको छ।

नेपाल र भारतबीच सरकारी तहमा औपचारिक वार्ता नै हुन नसकिरहेका बेला प्रधानमन्त्री ओलीले अनौपचारिक भेटवार्ता मार्फत दिल्लीसँग संवाद पनि गरिरहेका छन् । यस बिचमा राजदुत क्वोत्रा र प्रधानमन्त्री केपी शर्माओली बिच गत साता नै बालुवाटारमा छलफल भइसकेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।