नेपाली सेनाले ल्यायो स्वास्थ्य सामाग्री

१५ जेठ,काठमाण्डौ ।
नेपाली सेनाले चीनबाट कोरोनाभाइरसका बिरुद्द लड्नका लागि दोस्रो पटक स्वास्थ्य सामाग्री काठमाण्डौ ल्याएको छ । २८ हजार पीसीआर किट र पीपीई लगायतका सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।सेनाको स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको बिमान बुधबार चीनको ग्वान्झवो गएको थियो । नेपाली सेनाले बुधबारको पत्रकार सम्मेलनमा२८ टन स्वास्थ्य सामग्री दोस्रो लटमा ल्याउने बताए पनि १४ टन मात्रै सामग्री आएको छ ।३० वटा पोर्टेबल एक्सरे मेसिन रहेकाले अहिले हवाईमार्गबाट भने जति सामान ल्याउन नसकिएको सैनिक प्रवक्ता पाण्डेले बताए । बाँकी सामग्री अब स्थलमार्गबाट तातोपानी भन्सार नाका हुँदै ल्याउन लागेको पनि बताए ।यसअघि ६ जेठमा सेनाले १८ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।