११ जेठ,काठमाण्डौ ।
केहि चलचित्रमा समेत काम गरिसकेकी कलाकार बर्षा राउतले नेपाल र भारत बिचको सीमाका सन्दर्भमा भारतको समर्थन जनाएकी छिन् । पछिल्लो समय नेपालले लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपालको भएको र सो अतिक्रमण गरिएको भुमि फिर्ता गर्न माग गरिरहेका बेला कलाकार बर्षा राउतले भने भारत र नेपालका पत्रकारहरुले नै दुई देशबिच झगडा पारिरहेको दाबी गरेकी
छिन् । नेपालले लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको नक्सा सार्बजनिक गरेकै भोलीपल्ट भारतीय पत्रजार अरनब गोश्वामीले नेपाल चीनको ईसारामा चलेको र नेपालले दाबी गरेको भुमी भारतकै रहेको दाबी गर्दै टेलिभिजनमा प्रत्यक्ष बहस कार्यक्रम संचालन गरेका थिए । भारतीय मिडियाले निरन्तर रुपमा नेपालले दाबी गरेको भुमी भारतकै रहेको भन्दै निरन्तर नेपाल बिरुद्द अफबाह फैलाइरहेका बेला नेपालका टेलिभिजन प्रस्तोता रबि लामिछानेले सिधा कुरा जनता मार्फत् प्रत्यक्ष बहस कार्यक्रम संचालन गरी भारत र नेपालका केहि बिज्ञहरु संग बहस गरेका थिए ।
कलाकार बर्षा राउतले दुई देशका पत्रकारले झगडा मच्चाइरहेको कारण आफु भारतीय साथी संग फेस गर्न नसकेको बताएकी छिन् । अहिले सामाजिक संजालमा बर्षा राउतका ट्रोल भाइरल बनेका छन् । भने,चौतर्फी रुपमा उनको आलोचना गरिएको छ ।








